भक्तपुर- विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले मानविय संकट पैदा गरिरहेको साथै मुलुककै गम्भीर अवस्थामा पुर्याइरहेको समयमा मानव अंग पत्यारोपण केन्द्र भक्तपुरमा भने चरम लापरवाही रहेको पाइएको छ ।
कोरोनाको त्रासपूर्ण वर्तमान समयमा पहिलो पंक्तिमा रहेर जनताको स्वास्थ्य प्रति गंभिर वन्नुपर्ने अस्पतालले नै लापरवाही गरे पछि नेपालमा कोरोना संक्रमणले वर्तमान परिस्थिती भन्दा फरक मोड लिए कस्तो अवस्था सिर्जना होला ? नागरिकको स्वास्थ्यको जिम्मा कसले लिन्छ ? उपचारको जिम्मा कसले लिन्छ ? यस्ता यावत प्रश्न खडा गरिदिएको छ, प्रत्यारोपण केन्द्रले । अस्पतालको लापरवाहीसँगै जनताले बाच्न पाउने अधिकार खै ? भनि प्रश्न चिन्ह समेत खडा हुने देखिएको छ ।
कतिपय प्राभइभेट अस्पतालले नागरिकको स्वास्थ्यको सुरक्षाको निम्ती अहोरात्र खटेका घटना पनि यही भक्तपुर जिल्लामा नै रहेका छन् । जस्तै नागरिक कम्युनिटी टिचिङ अस्पताल रहेको छ । जहाँ नागरिकको स्वास्थ्यको मात्र हैन, अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीको पनि समान व्यवहार र क्रियाशिलता रहेको छ ।
तर यसको ठिक उल्टो रहयो प्रत्यारोपण केन्द्र । कोरोनाबाट संक्रमण हुने डरले अस्पतालका नेतृत्व पंक्ति नै कार्यलय उपस्थित नहुने गरेको पाइएको छ । नेतृत्व पंति घरमा नै बस्ने र तल्लो स्तरका कर्मचारीलाई फोनका भरमा यो गर र त्यो गर भनि निर्देशन दिने गरेको दुःखद् समस्या रहेको पाइएको छ । जिम्मेवार अस्पतालले कसैलाई काखा त कसैलाई पाखा गर्न पाइन्छ र ? तल्लो स्तरका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुमात्र संकटको घडिमा जनताको स्वास्थ्यको जिम्मा लिएर बस्नुपर्ने हो ? यो गम्भीर प्रश्न रहेको छ । सम्बन्धीत निकायले विशेष ध्यान दिन जरुरी रहेको छ ।
जनताको गुनासो आए पछि उक्त अस्पतालमा हामीले बुझ्ने प्रयास गर्यौं । जहाँ हामी पुग्दा अस्पतालका निर्देशक पुकार चन्द्र श्रेष्ठ, मेट्रोन कोपीला दाहाल, प्रशासन हेर्ने शाखा प्रमुख हरिहर पोखरेल लगायतका नेतृत्व पंक्तिको उपस्थिती थिएन । यति मात्र हैन, अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको हाजिरी पुस्तीका हेर्ने प्रयास गर्दा शाखा प्रमुख नै उपस्थित नभएका कारण को–को कहिले कहिले हाजिर भए ? कहिले कहिले भएनन् ? भन्ने समेत हेर्न पाइएन । यसै क्रममा भर्खरै नियुक्त भएका इन्चार्ज सरु कोजु भने उपस्थित भएकी थिइन् |
जिम्मेवार व्यक्ति उपस्थित नहुने र फोनबाट तल्लो निकायका कर्मचारी तथा नर्सहरुलाई निर्देशन दिएर आफु चाँही सुरक्षित हुन खोज्ने र अरुलाई मात्र खटाउनु कहाँ सम्मको न्यायसंगत कार्य हो ? त्यती मात्र हैन । कोरोना संक्रमणको उच्चा जोखिममा रहेका डाक्टर तथा नर्सहरुलाई पीपीईको व्यवस्था समेत गरेको पाइएन । उपचारमा संलग्न व्यक्तीहरुले प्रयो गरेको देखियो मात्र नर्मल मास्क र ग्लोभ । उपचारमा संलग्न डाक्टर तथा नर्सहरुलाई अनिवार्य आवश्यकता पर्ने सामग्री समेत व्यवस्थापन गर्न नसक्नु कति सम्मको गैर जिम्मेवारीपन हो अस्पतालको ? यस्तो अस्पतालको व्यवहारबाट त्यहा काम गर्ने डाक्टर तथा नर्सहरु कोरोनाको जोखिमबाट कति सुरक्षित रहेका छन् ? भन्ने समेत प्रश्न चिन्ह खडा भएको छ ।
अस्पताले फिबर क्लिनिक सञ्चालनमा ल्याए पनि तोकिएका कर्मचारी भने क्लिनीकमा बसेको पाइएन । त्यस्तै अस्पतालमा डायलासिस भने नियमित रुपमा भएको पाइएको छ । डायलासिस बाहेकका सेवा प्रवाहमा अत्याधिक समस्या रहेको पाइएको छ । त्यती मात्र हैन अस्पतालले काम गर्ने कर्मचारी, डाक्टर तथा नर्सहरुलाई प्रोत्साहन समेत नदिने गरेको गुनासो गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस