ललितपुर-ललितपुरको गोदावरी नगरपालिकाले नगरक्षेत्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीको कोरोना भाईरसका कारण ज्यान गएमा परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
कोरोना भाईरस (कोभिड १९) को रोकथाम, उपचार र जनचेतना फैल्याउने काममा खटिने क्रममा संक्रमण भएर ज्यान गए राहत स्वरुप परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको हो ।
यस्तै नगरपालिकाले कोरोना भाईरसको संक्रमण भएमा निःशुल्क उपचार गरिदिने निर्णय पनि गरेको छ ।
नगरपालिकाले लकडाउनको अवधिभर स्वास्थ्यचौकीमा ड्युटीमा खटिने स्वास्थ्यकर्मीका लागि हरेक स्वास्थ्यचौकीलाई १ महिनामा २५ लिटर ईन्धन र हरेक दिन प्रतिव्यक्ति ५ सय रुपैयाँ भत्ता पनि उपलब्ध गराउने भएको छ ।
यस्तै कोरोनाबाट हुने जोखिम कम गर्न आवश्यक कामका लागि प्रति वडा २ लाख रुपैयाँ विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि भएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।
लकडाउनको अवधिभर नगरपालिकाभित्रका कोही व्यक्ति विरामी भएमा नगरपालिकाभित्रका एम्बुलेन्स मार्फत उपचार गर्न स्वास्थ्य चौकी अथवा अस्पताल जानुपरेमा नगरपालिकाले लाग्ने शुल्कमा १ हजार रुपैयाँ छुट गर्ने व्यवस्था पनि गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस