काठमाडौं – कोरोना रोकथाम तथा न्यूनीकरणका स्वास्थ्य सामग्री व्यवसायीले बुझाएको कोटेसनभन्दा ४८ गुणासम्म महँगोमा खरिद गरेको भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयले व्यवसायीको कोटेसन बेवास्ता गर्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि ओबिसिआई मार्फत स्वास्थ्य सामग्री खरिद गरेको हो ।
सुजकभर डिस्पोजेबल प्रतिगोटा न्यूनतम पाँच रुपैयाँमा खरिद गर्न सक्ने भन्दै व्यवसायीले कोटेसन बुझाएका थिए । तर, ओबिसिआईलाई दुई सय ४० रुपैयाँ अर्थात् ४८ गुणा महँगोमा खरिद ठेक्का दिएको हो । एक लाख थान किन्ने ठेक्कामा राज्यलाई दुई करोड ३५ लाख घाटा लागेको छ ।
गगल्स प्रोटेक्टिभ प्रतिगोटा न्यूनतम तीन सय ६० रुपैयाँमा किन्ने गरी व्यवसायीले कोटेसन बुझाएका थिए । तर, ओबिसिआईलाई ६ गुणा बढी अर्थात् दुई हजार एक सय ६० रुपैयाँ ९१८ डलर०मा ठेक्का दियो । एक लाख गोटा किन्ने ठेक्कामा एउटामै १८ सय महँगो पर्दा राज्यलाई १८ करोड घाटा पुगेको छ ।
त्यस्तै, रेस्पिरेटर मास्क प्रतिगोटा एक सय ६५ मा खरिद गर्ने गरी व्यवसायीले कोटेसन बुझाएका थिए । तर, ओबिसिआईसँग प्रतिगोटा आठ सय ४० अर्थात् ६ सय ७५ रुपैयाँ महँगोमा ठेक्का सम्झौता गर्यो । ८० हजार थान खरिद ठेक्कामा राज्यको ढुकुटीमा पाँच करोड ४० लाख घाटा लागेको छ ।
इन्फ्रारेड थर्मोमिटर खरिदमा पनि अनियमितता भएको छ । व्यवसायीले प्रतिगोटा न्यूनतम एक हजार आठ सय रुपैयाँमा किन्ने गरी कोटेसन हालेका थिए । तर, मन्त्रालयले ओबिसिआईसँग प्रतिगोटा सात हजार आठ सय रुपैयाँका दरले किन्न सम्झौता ग¥यो । एउटै थर्मोमिटरमा राज्यको ६ हजार रुपैयाँ बढी गुम्यो । यसरी १५ सय थर्मोमिटरको ठेक्कामा ९० लाख अनियमितता भएको छ ।
स्वास्थ्य मन्त्रालयले २५ माघमा स्वास्थ्य सामग्री आपूर्ति गर्न भन्दै व्यवसायीलाई छलफलमा डाकेर कोटेसन मागेको थियो । १९ व्यवसायीले मन्त्रालयमा कोटेसन हालेका थिए । तर, त्यसको डेढ महिनापछि ६ चैतमा मन्त्रालयले सबै कोटेसन रद्द गरिदियो ।
त्यसपछि मुलुक ‘लकडाउन’ घोषणा गरेर हतारमा टेन्डर गरी मिलेमतोमा ओबिसिआईलाई महँगोमा खरिदको ठेक्का दिएको हो ।
रसायन तथा मेडिकल आपूर्ति संघले व्यवसायीले हालेको कोटेसनभन्दा निकै महँगोमा सामान खरिद भएकोमा आपत्ति जनाएको छ । निश्चित व्यवसायीसँगको मिलेमतोमा खरिद प्रक्रिया अघि बढाइएको भन्दै संघले प्रश्न उठाएको छ । ‘प्रचलित बजारभन्दा अधिक मूल्यमा, आधिकारिक स्रोत नखुलेको र गुणस्तरको बेवास्ता गरी सामग्री खरिद गरिएको छ,’ संघले भनेको छ, ‘यस्ता सामानको नतिजा के हुने भन्ने चिन्ता छ ।’
तर, मन्त्रालयले भने स्वदेशभित्रैका उत्पादक तथा वितरकका लागि सार्वजनिक सूचना प्रकाशित गरी पटक–पटक टेन्डर आह्वान गर्दा पनि कसैबाट टेन्डर नभएको शनिबार विज्ञप्ति निकालेर दाबी गरेको छ ।
मन्त्रालयले उत्पादक र वितरणसँग सामूहिक रूपमा संवाद गरेरै छिटोछरितो रूपमा सामग्री ल्याउने सम्झौता गरेको बताएको छ । नयाँपत्रिका दैनिकले खबर लेखेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस