वि.सं.२०७६ साल चैत्र १८ गते । मंगलबार । ईश्वी सन् २०२० मार्च ३१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि–सप्तमी,४२ घडी १४ पला,बेलुकी १० बजेर ५१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– मृगशिरा,२१ घडी २३ पला,दिउसो ०२ बजेर ३१ मिनेट उप्रान्त आद्रा । योग– सौभाग्य,२० घडी २८ पला,दिउसो ०२ बजेर ०९ मिनेट उप्रान्त शोभन । करण– गर,बिहान १० बजेर ५८ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३० घडी ५६ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुँनेछ । बिद्यामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । समयको महत्व बुझि अगाडि बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुँनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जानेछ । तरपनि वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । नीति नियमको पालन गरि सहयोग गर्नुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनितिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । तरपनि बााहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट न्युन धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउँन सकिनेछ । राजनितिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरि लक्ष्य पहिल्याउँन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । राजनितिज्ञको लागि जनताको काम गरि पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा स्थगित हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाई लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धि हासिल हुनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिष्पर्धामा विजयको योग रहेकोछ । राम्रा तथा परिणाममुखि काममा समय बढाउँन सकिनेछ । मामा,मावली तथा आफन्तको सहयोगले अगाडि बढ्न प्रेरित गर्नेछ । अध्ययनमा समय दिने बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोछ । तरपनि समय मध्ययम रहेकोले सरसफाईमा ध्यान दिनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाई तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरि नाम कमाउँन सकिनेछ । कृषि तथा पशुपालन पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नाँम कमाउँन गरिएका प्रयासबाट उल्टै क्षति बेहोर्नु पर्नेछ भने सामाजिक तथा राजनीतिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुँनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग मनमुटाव हुन सक्छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस