काठमाडौं– एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता लीला बानियाँका अनुसार लकडाउनपछि १९ पर्यटकीय गन्तव्यमा रहेका पर्यटक र पथप्रदर्शकको उद्धार गरिएको हो ।
उनका अनुसार लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङ्टाङ, मनास्लु, गोरखा, लेते, बेंसीशहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो । तिनमा सबैभन्दा धेरै लुक्ला क्षेत्रबाट हेलिकप्टर र जहाज चार्टर गरेर रोकिएकाहरुको उद्धार गरिएको थियो ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अनुसार आइतबार र सोमबार लुक्ला क्षेत्रमा रोकिएका ८५ नेपाली गाइडको उद्धार गरिएको छ । टानका अध्यक्ष खुम सुवेदीका अनुसार आइतबार ४५ र सोमबार ४० गरी ८५ नेपाली गाइडको उद्धार गरिएको हो । उनले काठमाडौं आउन चाहने विदेशी तथा नेपाली गाइडलाई टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा रेक्स्यु उडान गरिएको जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार आज बिहान लुक्ला क्षेत्रबाट पाँच उद्धार उडान गरिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले लुक्ला क्षेत्रमा रहेका नेपाली गाइड तथा विदेशीको उद्धारका लागि आज विभिन्न वायुसेवा कम्पनीले पाँच उडान गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार नेपाल वायुसेवा निगमको एक तथा सीता र समिट एयरले दुईदुई उडान गरेका हुन् ।
बिहान नै सबै उडान सम्पन्न भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार बिहानको पाँच उडानमा ७० जनाको उद्धार गरिएको हो । लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइडको उद्धारमा पाँच उडान र नेपाली सेनाको तीन उडान गरी आठ उडान अनुमति दिइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाली सेनालाई धनगढी, सुर्खेत र विराटनगरमा उडान अनुमति दिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस