काठमाडौं – आज साँझ ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले एक साताको लागि लगाईएको यसअघिको लकडाउन अवधि बढाउने भएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार यही चैत्र १८ गतेसम्मको लकडाउन दुई साता बढाउने तयारी छ । एक मन्त्रीले भने,”सरकारसँग लकडाउन लम्ब्याउनुको अर्को विकल्प छैन् ।”
नेपालमा विदेशबाट आउनेमा कोरोना देखिएकोले सरकारले उच्च सतर्कता अपनाएको छ । नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । एक जना निको भएर घर फर्किएका छन् भने बाँकी चार जनाको उपचार भैरहेको छ । एक जनामा हिजोमात्रै संक्रमण भएको रिपोर्ट आएको थियो । उनलाई काठमाडौं ल्याएर उपचार सुरु गरिने सरकारले जनाएको छ ।
यसअघिपनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गठन भएको उच्चस्तरीय समन्वय समितिमा यसबारेमा छलफल भएको थियो । समितिका संयोजक ईश्वर पोखरेलले समेत लकडाउन अवधि बढ्न सक्ने कुरा पत्रकार ऋषि धमलासँग बताएका थिए । उनले सामाजिक दूरी कायम गर्नु नै उत्तम हुने सुझाउँदै लकडाउनको आदेश कार्यान्वयनमा सरकार कठोर भएर प्रस्तुत भएको समेत स्पष्ट पारेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस