भक्तपुर-सूर्यविनायक नगरपालिकाले कोरोना भाइरसका शङ्कास्पद व्यक्ति राख्न १०० जना क्षमताको क्वारेन्टाइनको व्यवस्था गरेको छ ।
नगरपालिकामा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अगुवाइमा नगरपालिकाका प्रमुख वासुदेव थापाको नेतृत्वमा बनेको टोलीले कोरोना भाइरसको सङ्क्रमण रोक्नदेखि उपचारसम्मको व्यवस्था गरेको छ ।
नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रत्येक वडामा प्रतिकार्य योजना बनाएर कार्यान्वयनमा ल्याएको छ ।
स्थानीय बासिन्दामा कोरोना भाइरसको लक्षण देखिए राख्न क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेको जानकारी दिँदै नगरपालिका प्रमुख थापाले भने, ‘नगरपालिकाले १०० शङ्कास्पद बिरामी राख्ने क्षमताको सुविधासम्पन्न आवाससहितको क्वारेन्टाइनको व्यवस्था गरिसकेका छौँ, हाम्रो नगरपालिकामा औषधिदेखि खाद्यान्नसम्मको अभाव हुन दिन्नौं |’
नगरवासीलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या आएमा प्रत्येक वडाको स्वास्थ्य चौकी सम्पर्क गर्न वा नगरपालिकाले तयार पारेको चिकित्सकको टोलीलाई टेलिफोनबाट वा प्रत्यक्ष भेटेर परामर्श लिन र स्वास्थ्य परीक्षण गर्नसक्ने व्यवस्था गरेको नगरप्रमुख थापाले जानकारी दिए ।
सूर्यविनायक नगर अस्पताल दधिकोटका डा निशा राई, डा अनन्त थापा, नगर स्वास्थ्य संयोजक वसन्त चापागाइ र सहसंयोजक विक्रम मगरसहित स्वास्थ्य चौकीमा सिरुटारका मदन राजथला, बालकोटका पुण्यप्रसाद काफ्ले, कटुञ्जेका स्वस्ती आचार्य, गुण्डुका मुकुन्दप्रसाद चौलागाईं, सिपाडोलका उमेशचन्द्र धौवडेल, नङ्खेलका राजीव महतो, चित्तापोलका राजेन्द्र फैंजु र नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी रहेको स्वास्थ्य टोली नगरपालिकाले परिचालन गरेको छ ।
उक्त अस्पतालमा कोभिड–१९ को आकस्मिक स्वास्थ्य परीक्षण, कोरोना सङ्क्रमित मात्रै बोक्ने एम्बुलेन्स, स्वास्थ्यकर्मीका लागि पिपीइलगायतको आवश्यक व्यवस्था नगरपालिकाले गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।
सूर्यविनायकमा दुई सातायता अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, मेलेशिया, दुबई, कतार, कुबेत, भारत, बङ्गलादेश, कोरिया, पोल्याण्ड, साइप्रस, इण्डोनेशिया, मकाउबाट फर्किएका २१ महिला, ५० पुरुषसहित ७१ जनाको वडागत लगत सङ्कलन गरी घरभित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराइएको छ |
स्थानीयमा रुघा, सुक्खा खोकी, उच्च ज्वरो र थकाइ लाग्ने लक्षण देखिएमा स्वास्थ्य संस्था एवं वडास्थित निर्वाचित जनप्रतिनिधिलाई तत्काल खबर गर्न आह्वान गरेको छ ।
नेपाल सरकारले तोकेको अनिवार्य सेवाहरु वडासमितिले सञ्चालन गर्ने, वडागत घरपरिवारको विवरण सङ्कलन गरी आवश्यकता पर्दा नेपाली सेना वीर दल गण, प्रहरी र नगरपालिकाको संयुक्त पहलमा घरदैलोमै खाद्य सामग्री उपलब्ध गराउने भएको छ ।
सांसद बस्नेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले विशेष रणनीति तय गरेकाले कोही पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताए । भाइरसको सङ्क्रमणबाट आफू, आफ्नो परिवार, समाज तथा सम्पूर्ण नागरिकलाई बाँच्ने र बचाउने कार्यमा नेपाल सरकारले गरेको लकडाउनलाई सबैले पालना गर्न उनले अपिल गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस