काठमाडौँ-राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महाबीर पुनले आफ्नो प्रयासमा उत्पादन भैरहेको ‘पीपीइ’ बारे प्रश्न उठाउने चिकित्सकलाई जवाफ दिएका छन् |
उनले सामाजिक संजालमा स्टाटस लेख्दै पीपीई उत्पादन गरेको ‘डाक्टर नभएको बेला झाँक्रीले उपचार गरेको’ उपमा दिएका हुन् |
कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सकले प्रयोग गर्ने गाउन (पीपीइ) उत्पादन शुरु गर्नु अघि डा. भगवान कोइराला परामर्श भएको भन्दै पुनले पीपीई अभावमा चिकित्सकहरु त्रसित रहेको अवस्थामा सहयोग गर्ने उद्धेश्यले उत्पादन शुरु गरिएको उल्लेख गरे |
उनले प्रश्न गरेका छन् , ‘खेलाँची नगरौं भन्ने र कोरोना भाइरसको विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सचेतना जगाइरहेका डा. रवीन्द्र समिर सहित स्वास्थ्य मन्त्रालय र अन्य जान्नेसुन्ने विद्वानहरुले के हेरेर बस्नु भएको थियो अहिलेसम्म ?’
आविष्कार केन्द्रको पहलमा पीपीई उत्पादन शुरु भएपछि एक जना चिकित्सकले पीपीईको गुणस्तरबारे प्रश्न औंल्याए पछि पुनले यसको जवाफ दिएका हुन् |
डा रबिन्द्र समीरले एक अनलाइनलाई अन्तर्वार्ता दिंदै पीपीई उत्पादन गर्ने प्रविधि र जनशक्ति नभएको बताउदै मापदण्ड नपुगेको पीपीई बनाएर प्रयोगमा ल्याउँदा स्वास्थ्यकर्मीहरुलाई संक्रमणको जोखिम हुनसक्ने औंल्याएका थिए |
आविष्कार केन्द्रले उत्पादन गरिरहेको पीपीई सकेसम्म र जानेसम्म गुणस्तरीय बनाउने बताउदै पुनले सित्तैमा वितरण गरिने जनाए |
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनको प्रयासलाई सहयोग र सरहाना गर्नुको सट्टा आलोचना गरिएपछि पुनले जंगिदै जवाफ दिएका छन – ‘पीपीइ भन्ने चिज के हो, कस्तो हुन्छ भन्ने कुरा थाहा पाएको आज पांच दिन मात्र भयो कुरा बुझ्नु भो ?’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस