बासिङ्टन– १४ चैत (रासस ÷एपी) ः विश्वव्यापी रुपमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरस सङ्क्रमति व्यक्तिको सङ्ख्या अमेरिकामा सबभन्दा बढी भएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ ।
अमेरिकामा कोरोना भाइरस सङ्क्रमतिको पछिल्लो सङ्ख्या ८५ हजार ५९४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङक्रमितका यो सङ्ख्या चीनको भन्दा बढी हो ।
गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरको शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा शुक्रबारसम्म ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा कोरोना भाइरसको कारण ८० हजार ५८९ जना सङक्रमित रहेका छन ।
इटलीमा दुई दिनको तुलनामा यस भाइरस प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या फेरी बढेको छ । त्यहाँ एकै दिनमा ७१२ जनाको ज्यान गएको छ ।
फ्रान्समा एक दिनमा ३६५ जनाको मृत्यु भएको भने,् बेलायतमा पनि एकै दिनमा पहिलो पटक १०० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस