सोल-दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले आगामी जी २० सम्मेलनमा विश्व अर्थतन्त्रको नेतृत्व गर्ने मुलुकका प्रतिनिधिहरु समक्ष आफ्नो देशले कोरोना विरुद्धको लडाइमा आफूले प्रयोग गरेको सकारात्मक तथा प्रभावकारी विधिको बारे जानकारी गराउने भएको छङ्गवादेले बताएको छ ।
आफ्ना फ्रान्सका सहकर्मी इमान्युअल मार्कन सँग भएको टेलीफोन वार्ताका क्रममा मुनले आफूले आगामी जी २० सम्मेलनका समयमा विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरस तथा सो भाइरससँग लड्न कोरियाले अवलम्वन गरेको प्रभावकारी विधिका बारेमा विश्व अर्थतन्त्र हाँक्ने देशहरुका प्रतिनिधिहरुलाई जानकारी दिने बताएका हुन् ।
आज विहिवार बेलुकी ९ बजेबाट सुरु हुने विश्व सम्मेलनमा क्वारेन्टाइन व्यवस्थापन, विश्व अर्थतन्त्रलाई कसरी बचाउने, स्वास्थ्य क्षेत्रमा कसरी प्रभावकारी लगानी गर्ने लगायतका विषयमा छलफल हुने राष्ट्रपतिका सल्लाहकार युन जाइ क्वानले बताएका छन् ।
मुनले आगामी सम्मेलनमा कोरियाको प्रभावकारी कोरोना रोकथाम प्रविधि, पारदर्शी सुचना संप्रेशषण लगायतका बारेमा विश्वका देशहरुलाई जानकारी दिने पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसका अलावा मुनले हाल यात्रा प्रतिवन्ध लागेको परिस्थितिमा कसरी एक देशबाट अर्को देशमा आर्थिक सहयोग तथा साहायता गर्न सकिन्छ भन्ने बारे पनि प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस