मेलम्ची– चरिचरनको राम्रो ठाउँ भएको सिन्धुपाल्चोकको पहाडी भेग बरुवामा युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हँुदै गएका छन् । पछिल्लो समय युवा विदेश जान छोडेर व्यावसायिक बाख्रापालनतर्फ लागेका छन् । सिन्धुपाल्चोकको विभिन्न ठाउँका युवाले आधुनिक तरिकाले व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन् । बाख्रापालन व्यवसायका लागि चरिचरनदेखि बजारको समेत राम्रो व्यवस्था भएकाले बाख्रापालनमा युवा आकर्षित भएका हुन् ।
पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका सत्यमान स्याङवा कामको सिलसिलामा ११ वर्षसम्म खाडी मुलुकमा बसे । अहिले बाख्रापालन थालेपछि उनको आम्दानी राम्रो भएको छ । उनले शुरुमा ढवल एग्रोभेट प्रालिमार्फत ५५ स्थानीय जातका बाख्रा किनेर व्यवसाय शुरुआत गरेका हुन् । हाल उनको बाख्राफार्ममा झण्डै १०० बाख्रा छन् । बाख्रापालनबाट खर्च कटाएर वार्षिक रु चारदेखि पाँच लाखसम्म कमाइ हुने गरेको बताउँछन् ।
सिन्धुपाल्चोकमा १०० भन्दा बढी युवाले व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन् । जिल्लाभित्र र बाहिर मासुका लागि खसी, बोकाको माग बढ्दै गएपछि किसान बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । व्यावसायिकरूपमा बाख्रापालन गर्न चाहने युवालाई सिन्धुपाल्चोकका स्थानीय तहले पनि सहयोग गरिरहेका छन् । बाख्रापालनका लागि आवश्यक औषधि, समयअनुसारका घाँसको बीउ, प्राविधिक सहयोग, आवश्यक सीप र अनुदान पाए अझै सजिलो हुने किसानको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस