काठमाडौँ – विश्वभर कोरोना भाइरस फैलिएर महामारी रुप लिईरहेको अबस्थामा हामीले गर्मि मौसममा अन्य स्वास्थ्य सम्बन्धि कुराहरुमा समेत ध्यान दिनु पर्ने देखिन्छ । कोरोना भाइरस बाट बच्न र लाग्न नदिन हामीले सामान्य नियमहरु पालना गरेको खण्डमा अर्थात सचेत रहेको खण्डमा हामीले हाम्रो सुरक्षा गर्न सक्छौ । सरकार द्वारा जारि तथा स्वास्थ्यकर्मीहरुको सल्लाह सुझाबलाइ हामीले दैनिक रुपमा पालना गर्न सके रोग नियन्त्रण गर्न सजिलो हुनेछ । तसर्थ सरकारी आधिकारिक जानकारी तथा स्वास्थ्यकर्मीहरुको सल्लाह सुझाबलाइ पालना गर्ने गरौं।
मौसम परिवर्तनसँगै मुलुकभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको घुँइचो लाग्न थाल्छ । सयम अनुसार जाडो र गर्मी दुवै मौसममा फरक फरक रोगको सिकार भएर अस्पताल भर्ना हुनेको संख्या हरेक वर्ष बढ्दै गएको छ । मौसम परिवर्तनको असरलाई मानव शरीरले तत्कालै परिवर्तन गर्न नसक्ने हुँदा जो कोही पनि बिरामी हुन्छ ।
गर्मीको मौसम शुरु भएपछि धेरै प्रकारका बिरामीहरु देखा पर्छन् । विशेषगरी मौसमी रुघाखोकी, झाडापखाला, ज्वरो, मलेरिया, डेंगु, ठेउलालगायतका रोगहरु देखा पर्छन् । त्यसैगरी गर्मीमा किटजन्य रोगहरु लाग्ने संभावना, सर्पले टोक्ने, चक्कर लाग्ने, बेहोस हुने, थकाइ लाग्ने संभावना पनि उत्तिकै हुनेगर्छ । गर्मीको समयमा अधिकांस रोगहरु खानेकुरामा भएको प्रदुषणले हुने गरेका छन् । गर्मीको समयमा लाग्ने अधिकांश रोगहरु खानेकुरामा हुने मिसावटबाट हुने गरेका छन् । अहिले विषेशगरी किटजन्य रोगको संक्रमण पनि बढ्दो हुनाले सकेसम्म सरसफाइमा नै ध्यान दिनुपर्ने हुन्छ । व्यस्त र बदलिँदो जीवनशैलीका कारण खानपानमा आम मानिसले हेलचेक्राइ गर्ने, घर बाहिरको खानेकुरा बढी खाने प्रचलन बढेकाले मौसमी रोगका बिरामीहरु बढ्ने गरेका छन् ।
यतिबेला गर्मी बढेको छ । जाडोयाममा भन्दा यो समयमा तुलनात्मक रूपमा स्थास्थ्य समस्या बढी हुने गर्छ । गर्मीमा धेरै पसिना निस्कने हुँदा शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले, पानीको सेवन बढाउनुपर्छ । यसले जलवियोजन हुन पाउँदैन । प्रशस्त पानी पिउनाले शरीरको तापक्रम पनि सन्तुलित रहन्छ । गर्मीयाममा यी कुराहरूमा ध्यान दिनुपर्छ :
चियाकफी कम पिउनुहोस्
सबैजसो मौसममा चियाकफी पिउने बानी अधिकांशको हुन्छ । तर, गार्मी याममा भने चियाकफी काम पिउनुपर्छ । किनकि, यसले शरीरमा सुगरको लेबल बढाइदिने हुनाले धेरै स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । साथै, यसले शरीरमा पानीको मात्रा पनि कम गराउँछ ।
चिसो पेयपदार्थबाट टाढै रहनुहोस्
गर्मीमा तपाईं चिसोपानी जति नै पिउनुहोस्, यसबाट तपाईंको प्यास मेटिँदैन । पेयपदार्थको चिसोले रक्त नली खुम्च्याइदिने हुनाले यसबाट शरीरमा निकै असहजता उत्पन्न हुन्छ । गर्मीमा चिसो पेयपदार्थको सट्टा फलफूल तथा जुसको सेवन बढाउनुहोस् । शरीरलाई सन्तुलित र स्वस्थ राख्न यसले ठूलो सहयोग पुर्याउँछ ।
ड्राई फ्रुट्स कम खानुहोस्
सजिलो र छिट्टो हुने भएकाले ड्राई फ्रुट्सको सेवन धेरैले गर्छन् । तर, यस्ता खाद्यपदार्थले शरीरको तापक्रम बढाउने हुनाले गर्मीमा खानु हुँदैन । ड्राई फ्रुट्सको सट्टा ताजा फलफूल नै सेवन गर्नुहोस् । ड्राई फ्रुट्स खानैपर्ने अवस्था आए पानीमा केही समय भिजाएर खान सक्नुहुन्छ ।
शरीरलाई गर्मी गर्ने खानेकुरा नखाऔं
पालुङ्गो, मुला, लसुन तथा प्याजजस्ता गर्मी गराउने पदार्थ खानु हुँदैन । साथै, खाना बनाउँदा मसालाको प्रयोग पनि कम गनुपर्छ ।
गुलिया खानेकुरा नखाऔं
गुलिया खानेकुराले शरीरमा गर्मी पैदा गर्छ । त्यसैले, चिनी, महलगायतको सेवन कम गर्नुहोस् । यस्ता विभिन्न उपाय अपनाई गर्मीमा स्वस्थ र स्फूर्तिलो रहन सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस