काठमाडौं – मुख्य पर्यटकीय केन्द्र ठमेलका अघिकांश होटल व्यवसायीले कर्मचारीलाई अनिश्चितकालको लागि बेतलबी बिदा दिएर घर पठाउन थालेका छन् ।
सबै देशबाट नेपाल आउन बन्द गरेपछि ठमेलका होटलले कर्मचारीलाई बेतलबी बिदामा घर पठाउन थालेका हुन् । अहिले अधिकांश रात्रि व्यवसायहरु बन्द भएकोले कर्मचारीलाई विदा दिन थालिएको ठमेल विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले बताए ।
अहिले ठमेल क्षेत्रभित्र मात्रै साना–ठूला गरेर ४ हजार जति होटलहरु छन् । त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३० हजार कर्मचारीहरु छन् । राणाका अनुसार विभिन्न होटल व्यवसायीले होटलमा रहेका ८० देखि ९० प्रतिशत कर्मचारीहरुलाई घर पठाएका छन् । सुरक्षा, हाउसकिपिङ र पाकशालाका एकाध कर्मचारीबाहेक अधिकांश होटलले सबै कर्मचारीहरुलाई बिदा दिएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस