एजेन्सी – विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् ।
‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मुल्याङ्कनका आधारमा फिनल्याण्डलाई विश्वको सबैभन्दा खुशी मुलुक घोषणा गरेका बताइएको छ ।
अनुसन्धानका लागि विज्ञहरूले हरेक मुलुकको कूल ग्राहस्थ उत्पादन, सामाजिक सहयोग, व्यैयक्तिक स्वतन्त्रता र भ्रष्टाचारको तहलाई आधार बनाएर खुशीयाली मुलुकको अङ्क दिइएको बताएका छन् ।
हरेक सात रिपोर्टमा स्वीट्जरल्याण्ड, न्यूजिल्याण्ड अष्ट्रियालगायतका स्कान्डिनाभियाली मुलुकहरू अग्र दश स्थानमा पर्न सफल भएका थिए । विश्वका दश खुशी मुलुकभित्र लक्जेमवर्ग पनि पर्न नसकेको विज्ञहरूले बताएका छन् ।
“खुशी राष्ट्रहरूका लागि सम्पत्तीको चेत, आपसी आनन्द र विश्वासको भावना, सहकारीता तथा साझा संस्थान तथा दायित्वका बिषयलाई गहन अध्ययन गरिएको थियो,” अनुसन्धान रिपोर्ट तयार गर्नेमध्येका एक विज्ञ जोन हेलिवेलले विज्ञको तर्फबाट जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ ।
यसैबीच, यो सूचीको अन्त्यमा हिंसात्मक द्वन्द्वको सामना गरिरहेका र अत्यन्त गरिबीको रेखामूनि रहेका जिम्वाब्वे, दक्षिण सुडान र अफगानिस्तानजस्ता मुलुकहरू रहेका थिए ।
सूचीमा अस्ट्रेलिया एघारौँ स्थानमा रहेको छ भने कोस्टारिका बाह्रौँ, इजरायल तह्रौँँ, लक्जेम्वर्ग चौधौँँ र बेलायत पन्ध्रौँँ नम्बरमा रहेका छन् । त्यस्तै जर्मनी सत्रौँँ, अमेरिका अन्नाइसौँँ, फ्रान्स चौबिसौँ, सिङ्गापुर चौतिसौँँ, जापान अन्ठाउन्नौँँ, पाकिस्तान सतसट्ठीऔँ, रूस अठसट्ठीऔँ, चीन त्रियानब्वेऔँ स्थानमा रहेका छन् ।
त्यसैगरी नेपाल दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानपछि अग्रस्थानमा अर्थात् सयौँँ स्थानमा परेको छ भने बङ्गलादेश १२५औँ, श्रीलङ्का १३०औँ, भारत १४०औँ स्थानमा रहेका छन् ।
अन्तिम तीन स्थानमा क्रमशः अफगानिस्तान, मध्य अफ्रिकी गणतन्त्र र दक्षिण सुडान रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस