सोल-दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार पछिल्ला ८ दिनमा दक्षिण कोरियाली सुरक्षा कर्मीहरुमा एक जना पनि कोरोना संक्रमणका विरामीहरु थपिएका छैनन् ।
मन्त्रालयका अनुसार हालसम्म दक्षिण कोरियामा ३७ जना सुरक्षा दस्ताका अधिकारीहरु कोरोना संक्रमित भएका थिए ।
संक्रमित हुनेहरुमा १० जना कोरियाली सैनिक, ४ जना वायु सेनाका अधिकारी तथा अन्य सुरक्षा निकाय सँग सम्बन्धित व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ । यता मन्त्रालये सबै संक्रमितहरु उपचार पश्चात स्वस्थ रहेको पनि जनाएको छ ।
कुल संक्रमितहरु मध्ये २१ जना कोरियाली सैनिक, १३ जना कोरियाली वायु सेना, २ जना कोरियाली जल सेना तथा तथा एक सम्पर्क कक्षका अधिकारी रहेको कोरियाली रक्षा मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार हाल २२०० जना कोरियाली सैन्य अधिकारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ जसमा २२ जना थेगु लगायतका प्रभावित क्षेत्रको भ्रमण तथा ती क्षेत्रका मानिसहरु सँग प्रत्यक्ष सम्पर्कमा आएका थिए । उनीहरुमा कोरोना संक्रमणको लक्षण देखिएता पनि परिक्षणमा भने नेगेटिभ देखिएको मन्त्रालय श्रोतले जनाएको छ ।
मन्त्रालयका अनुसार विगत ८ दिन यता कुनै पनि सैन्य अधिकारीहरुलाई कोरोना संक्रमण भएको पाइएको छैन । यता सरकारले कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानहरुमा आफ्ना ३२७८ जना सैनिक तथा ४५३ जना स्वास्थ्य विज्ञहरुलाई परिचालन गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस