रामपुर– कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै तरुण दल रामपुरले निःशुल्क मास्क वितरण गरेको हो ।
बेझाड बजार चोकमा मास्क वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।
नगरप्रमुख थापाले बाहिरबाट रामपुर भित्रने नागरिकको स्वास्थ्य परीक्षण गर्न विभिन्न नाकामा हेल्प डेस्क स्थापना, आइसोलेसन कक्षका लागि पाँच श्याको तयारी गरिएको जानकारी दिए । रामपुरमा मास्कको अभाव सिर्जना हुन नदिन रामपुर नगरपालिकाकाले मास्क उत्पादन गर्न लागेको नगरप्रमुख थापाले बताएका छन् ।
कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज एक हजार मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने तरुण दल नगर सभापति शङ्करबहादुर खाँणले बताए । साथै सोही अवसरमा सर्वसाधारण नागरिकलाई कोरना भाइरस सङ्क्रमणबारे प्रशिक्षण दिइएको छ । दुई हजार मास्क रामपुर स्थित विभिन्न सङ्घसंस्थालाई वितरण गर्ने तरुण दलका सदस्य प्रकाश क्षेत्रीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस