मुग्लिन– मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।
कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।
चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।
सहायता कक्ष स्थापना
चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् ।
गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो । मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिएका छन् ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताएका छन् ।
स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् । गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु गरिएको संयोजक सापकोटाले जानकारी दिए ।
हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोना सम्बन्धी सचेतनामूलक जानकारी गराउने संयोजक सापकोटाको भनाइ छ । शङ्कास्द व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा पठाइने उनले बताए । मनकामना दर्शन प्रालिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ता अघिदेखिनै एकजना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य जाँच गरिँदै आएको छ । अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शङ्कास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताएका छन् ।
उनले मनकामना मन्दिर दर्शन गर्न आउने यात्रुहरुलाई प्रवेशद्वार चितवनको ईच्छाकामना–४ स्थित चेरेशमा स्वास्थ्य जाँच गराएर मात्र केवलकार चढ्नका लागि अनुमति दिइएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस