काठमाडौँ – कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न आपतकालिन कोष निर्माणका लागि भारतले सार्क राष्ट्रहरु समक्ष प्रस्ताव राखेको छ ।
दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोष स्थापनाका लागि भारतले १० मिलियन अमेरिकी डलर (११ अर्ब ८० करोड रुपैयाँ ) राख्ने घोषणा समेत गरे । आपतकालिन कोषमा जम्मा रहेको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखेका छन् ।
भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउदा दिनमा यसको संक्रमण बढ्न दिनु हुँदैन् । इमरजेन्सी फण्ड निर्माण गरौँ त्यसका लागि भारतले १० मिलियन युस डलर भारतले फण्डमा राख्छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीको सक्रियतामा आज सार्कका सबै सदस्य राष्ट्रहरु छलफलमा जुटेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको कुल जनसंख्याको पाँच भागको जनसंख्या दक्षिण एसियाली मुलुकमा बसोबास रहेका भन्दै भारत कोरोना संक्रमणको चुनौति सामना गर्न तयार रहेको र आवश्यक तयारी गरिएको भन्दै नआत्तिन आग्रह गरे । उनले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरेका छन् ।
कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रोएक्टिभ ढंगले कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् । भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार स्टेप स्टेप गरेर संक्रमणलाई कम गर्दे लैजाने प्रतिवद्धता जनाए । अस्पतालमा आवश्यक पर्ने जनशक्ति देखि सबै किसिमका प्रविधि र पुर्वाधारको क्षमता अभिवृद्धि गर्र्नुको साथै तेश्रो मुलुकबाट आउनेले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको भन्दै २ महिना भित्र संक्रमण नियन्त्रण गर्ने दाबी पनि उनले गरेका छन् ।
उनले संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरे थप क्वारेन्टाईन र आईसोलेसन सुविाधाको व्यवस्था गरिएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस