काठमाडौं – नेप्से परिसुचक आज ६४ अंकभन्दा धेरैले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्से परिसुचक ६४ दशमलव १४ अंक अर्थात ४ दशमलव ६६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ ईन्डेक्स पनि आज १२ दशमल व८८ अंक अर्थात ४ दशमलव ३६ अंकले घटेको छ ।
आज सबै समूहको उप–सुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उप–सुचक ६२१ दशमलव ८८ अंकले घटेको हो । आज दिनभर १७४ कम्पनीको कारोबारमा २ अर्ब १० करोड रुपैयाँका ५५ लाख ७० हजार कित्ता शेयर किनबेच भएका छन् ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीको आज सबैभन्दा धेरै १७ करोड ३६ लाख रुपैंयाँको सेयर कारोबार भएको छ । यस्तै एनआईसी एसिया बैंक लिमिटेडको ११ करोड ४६ लाख रुपैयाँ र एनएमबी बैंक लिमिटेडको १० करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार घटेसँगै सामूदायीक लघुवित्त वित्तिय संस्था लिमिटेड, हिमालय जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेड लगायत ८ वटा कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा गुमाएका छन् । बजार घट्दा पनि युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड र ओमी माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने सामान्य कमाएका छन् ।
आजदेखि कारोबार समय १ घण्टा थप
नेपाल स्टक एक्सचेन्जले आजदेखि शेयर कारोबारको समय एक घण्टा थपेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबारको समय बढाएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको होे ।
नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोेबार समय परिक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताएका छन् । महाप्रवन्धक साउदले नेप्सेको कारोेबार समय बढ््दा बजारमा सकारात्मक फाइदा पुग्ने दावी समेत गरेका छन् ।
उनले समय बढाउँदा कारोबार रकम अझ बढ््न सक्ने अपेक्षा गरिएको बताए । तर कारोबार समय थप हुँदा बजारमा इण्डेक्स बढ््छ या घट्छ भन्ने प्रतिकृया दिन नहुने र कसैले दिए विश्वास नगर्न पनि आग्रह गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस