एजेन्सी – यूरोपेली देशमध्ये इटलीमा संक्रमण र मृत्यु निकै उच्च बनेको छ । पछिल्लो २४ घण्टामा मात्र इटलीमा कोरोना भाइरसको संक्रमणबाट २५० जनाले ज्यान गुमाएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १२६६ पुगेको छ । इटलीमा १७६६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।
यस्तै स्पेनमा १३३ जनाको ज्यान गइसकेको छ भने ५२३२ जनामा संक्रमण पुष्टि भएको छ । जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड लगाएतका देशमा पनि संक्रमण उच्च बनेको छ ।
युरोपमा संक्रमण फैलिएपछि अमेरिकाले बेलायत बाहेकका देशबाट उडान बन्द गरेको छ भने अरु विभिन्न देशले पनि यूरोपबाट आवातजावात बन्द गरेका छन् ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताउनुभएको बीबीसीले जनाएको छं । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ ।
चीनमा महामारी नियन्त्रण नजिक पुगिसकेकोले महामारीको केन्द्रबिन्दु यूरोपलाई मानिएको हो । डब्लूएचओका प्रमुख गेब्रेससले सबै देशहरुलाई जीवन बचाउन आक्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले अहिले बलिरहेको संक्रमणको आगो थप फैलन नदिन सबै लाग्नुपर्ने बताए ।
धेरै यूरोपेली देशहरुमा संक्रमण र मृत्युमा एकदमै उकालो लागेको खबर आइरहेको उनले चिन्ता व्यक्त गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस