काठमाडौं – आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षा पछि यहाँ भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ ।
त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि बाग्लो हिउँ जमेको छ । बिहानैदेखि शुरु भएको हिमपात पनि जारी रहेको र वर्षभरिकै बाग्लो हिउँ जम्ने सङ्केत देखिएको त्रिपुराकोटका स्थानीयवासीले बताएका छन् ।
बेमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै कम हिउँ परेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय देवीकृण उपाध्यायले बताउनुभयो । फागुन अन्तिममा वर्षातसँगै हिउँले हिमाली भेगमा लगाइएको बालीनालीलाई फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रनलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।
विमानस्थल बन्द
बिहानैदेखि वर्षातसँगै शुरु भएको हिमपातपछि जुफाल विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
डोल्पाली जनताका लागि यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । आज दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको विमानस्थलले जनाएको छ । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेका सर्वसाधारणले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस