काठमाडौं-चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकी सेनाले चीनको वुहानमा कोरोना भाइरस ल्याएको हुनसक्ने बताएका छन्।
बेइजिङबाट ग्याब्रियल क्रसलेले रोयटर्सका लागि लेखेको समाचारमा जनाइएअनुसार ती प्रवक्ताले वासिङटनसँग भाइरसलाई लिएर कडा शब्दमा वाकयुद्ध गरेका हुन्।
केही दिनयता अमेरिकी अधिकारीहरुले चीनको वुहानमा सुरु भएको भाइरस फैलिन नदिन चीनले सुरुवाती चरणमै आवश्यक कदम नचालेकोले विश्व नै संक्रमित भएको आरोप लगाउँदै आएका थिए।
बुधबार मात्रै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले चीनले सुरुमै प्रभावकारी कदम नचाल्दा विश्वभर फैलिएको आरोप लगाएका थिए।
कडा शब्दमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानको प्रमाणित ट्विटर एकाउन्टमा अंग्रेजीमा गरिएको ट्विटमा अमेरिकाले पारदर्शिता नदेखाएको आरोप लगाइएको छ।
‘अमेरिका बिरामी शून्य अवस्थामा कहिलेदेखि थियो? कति संक्रमित छन्, ती अस्पतालका नामहरु के हुन्? सम्भवतः तिनै अमेरिकी सेना हुनसक्छन्, जसले वुहानमा कोरोनाभाइरस ल्याए।’, झाओले भनेका छन्, ‘पारदर्शी होऊ, तथ्यहरु सार्वजनिक गर, हामीलाई विस्तृत जानकारी चाहियो।’
झाओलाई आक्रामक ट्विटर प्रयोगकर्ता मानिन्छ। तर उनले ट्विटरमा भाइरस फैलाएको अमेरिकी सेनालाई आरोप लगाए पनि यसको प्रमाण भने दिएका छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस