काठमाडौं-चीनमा कोरोना संक्रमितको उपचारमा खटिएका एक चिकित्सकका अनुसार कोरोना संक्रमणका कारण उच्च रक्तचापका बिरामीहरुमा मृत्युको जोखिम बढी हुने गरेको पाइएको छ ।
सो तथ्यसँग सम्बन्धित यकिन अध्ययन तथा अनुसन्धान हालसम्म नगरिएता पनि उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सो कुरा थाहा पाइएको हो ।
कोरोना संक्रमणको उद्गमस्थल बुहानमा कोरोना संक्रमितहरुको उपचारमा निरन्तर खटिएका डाक्टरहरुले सो कुरा बताएका हुन् ।
बुहानमा कोरोना संक्रमणको सुरुवाती दिनहरुमा मृत्यु भएका १७० जना मध्ये अधिकांश उच्च रक्तचापबाट पिडित रहेका थिए ।
पेकिङ युनियन मेडिकल कलेज हस्पिटलका बरिष्ठ डाक्टर दु बिनका अनुसार उनी तथा उनका सहकर्मी डाक्टरहरुले उपचारका क्रममा पाएका तथ्याङ्क हेर्दा उच्च रक्तचाप नै संक्रमितहरुको मृत्युको कारक रहेको छ । उनी कोरोना संक्रमितहरुको उपचारमा सुरुबाट नै बुहानमा खटिएका बरिष्ठ डाक्टर मध्ये एक हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विश्वभर १ लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन् भने ३७०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
समाचारका अनुसार हाल चीनमा मात्र १५ हजार बढी संक्रमणको उपचार गराइरहेका छन् । तर चीनमा संक्रमणका कारण बिरामी परेका मध्ये ६ प्रतिशत मात्र गम्भिर प्रकृतिका रहेका छन् ।
चीनमा सो संक्रमण चाँडै नियन्त्रणमा आउनु र कम भन्दा कम बिरामी मात्र संक्रमणबाट मर्नुको पछाडी डा. बिन क्विक भेन्टिलेट विधिलाई जस दिन्छन् । उनका अनुसार संक्रमित विरामीहरुको घाँटीलाई जतिसक्दो खुल्ला गरेर फोक्सोमा पर्याप्त अक्सिजन पुर्याउन सके बिरामीको मर्ने सम्भावना कम हुन्छ ।
उनका अनुसार विभिन्न फर्मासिटिकल्सहरुले विभिन्न औषधीहरुको निर्माण गरेता पनि औसधि कोरोना रोकथामको म्याजिक बुलेट भने नभएको बताएका छन् । उनका अनुसार कोरोना संक्रमणलाई शरिरबाट निश्तज बनाउन उनीहरुको शरिरमा भएको रोग प्रतिरक्षा प्रणाली नै शशक्त हुन पर्दछ ।
पहिला सार्स संक्रमणको बेला पनि विशेष औषधि विना नै रोग नियन्त्रण गरिएको उनले बताए । सार्सले ८ हजार जना भन्दा बढीको ज्यान लिएको थियो ।
डा. बिनका अनुसार कोरोना संक्रमणको उपचार गराएर घर फर्किएका मानिसमा पुन: कोरोना संक्रमण नहुने कुनै ग्यारेन्टी नभएको भन्दै उनले सबै मानिस संक्रमणबाट बच्न पर्याप्त सावधानी अपनाउनु पर्दछ । यौटा रोग लागेको मानिसलाई पुन: सोहि रोगले भेट्न सक्ने सम्भावना प्रवल रहने पनि उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस