काठमाडौं । असन्तुष्ट समूहले विवादित विषयमा सहमति नजुटेसम्म बैठकमा सहभागी नहुने चेतावनी दिएकै भोलिपल्ट नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
संस्थापन इतर समूहले विवादित विषयमा सहमति नजुटाएरै बैठक बोलाइए बहिष्कार गर्ने चेतावनी दिएको एक दिनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गतेका लागि बोलाइएको विज्ञप्तीमार्फत् जनाएका छन् ।
यसअघि संस्थापन इतर समूहले फागुन १४ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका थिए । फागनु १२ गते महासमितिको म्याण्डेट विपरित संस्थापन पक्षले बहुमतका आधारमा विधान पारित गरेपछि असन्तुष्ट समूहले अनुशासन समिति र निर्वाचन समिति पनि बहुमतकै आधारमा गठन हुने आशंकामा उक्त बैठक बहिष्कार गरेका थिए ।
बुधबार पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकले सभापति देउवाले सहमतिका आधारमा पार्टीभित्रका विवाद समाधान नगर्दासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस