काठमाडौं – युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।
इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।
इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।
प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।
अन्नपूर्णपोष्ट दैनिकले लेखेको खबर अनुसार, मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौं।’ बाहिरबाट देखिएजस्तो भयावह स्थिति नभएको उनले बताए। ‘सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सर्वसाधारण थप सचेत बनेका छन्,’ उनले भने, ‘हामी नेपाली पनि अत्तालिएका छैनौं। तर, संक्रमण बढ्दै गयो भने के होला भन्ने अन्योल छ।’
इटालीसमेत हेर्ने जेनेभास्थित नेपाली स्थायी नियोग प्रमुख मणि भट्टराईले पनि नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको बताए। उनले टेलिफोनमा भने, ‘अवैतनिक दूत, गैरआवासीय संघका प्रतिनिधिलगायतसँग सम्पर्कमा रहेर सजग गराइरहेका छौं।’ जेनेभामा सबै सुरक्षा अवलम्बन गरिएको उनले बताए। जेनेभामा अप्रिलसम्मका राष्ट्रसंघीय सबै कार्यक्रम सारिएको छ।
प्रा।डा। कटक मल्लले स्विडेनमा पनि महामारी फैलिएको तर दैनिक जीवन भने चलिरहेको बताए। उनले भने, ‘महामारी त छँदै छ त्यो भन्दा पनि बढी हल्लाले काममा असर परेको छ।’ उनले स्टकहोममा आफ्नो दैनिकी नरोकिएको बताए। मल्लले भने, ‘इटाली क्वारेन्टाइनमा छ। त्यहाँ सरकारले नागरिकका लागि काम गरिरहेको छ।’
फ्रान्स, जर्मनी, डेनमार्कस्थित नेपाली दूतावासले पनि युरोपमा रहेका नेपाली संक्रमित नरहेको स्पष्ट पारेका छन्। अस्ट्रेलियामा नेपालबाट गएका विद्यार्थी संक्रमित भनिएको छ। तर, त्यसबारे केही खुलाइएको छैन। त्यहाँका कुनै नेपालीमा संक्रमण नदेखिएको दूतावासले जानकारी पठाएको छ। खाडीमा पनि नेपाली संक्रमित नदेखिएको समाचार छ।
चिनियाँ प्रान्त हुपईको वुहानबाट सुरु भएको कोरोना भाइरस सयभन्दा बढी मुलुकमा फैलिएको छ। विभिन्न देशमा गरी ४ हजार ३ सयभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजार मानिस संक्रमित भएका छन्। ६७ हजार व्यक्ति उपचारपछि स्वस्थ बनेको तथ्यांक छ।
चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। इटाली, दक्षिण कोरिया, इरान, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा संक्रमण फैलिएको छ। डेढ लाखभन्दा बढी नेपाली रहेको बेलायतमा पनि कोरोनाबाट नेपाली संक्रमित बनेको जानकारी छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस