काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको राजधानी दैनिकले समाचार छापेको छ |
बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका कर्मचारी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ । त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ता गरेको हो ।
शैक्षिक प्र्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा फेला परेपछि ४ फागुनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनले बिहारको संस्कृत शिक्षा बोर्डबाट पास गरेको नक्कली प्रमाणपत्र किनेर ल्याएको खुलेपछि मुद्दा दर्ता भएको हो ।
४ फागुनमै अख्तियारले ओखलढुंगाको बालादेवी आधारभूत विद्यालयका अवकाशप्राप्त शिक्षक खेटराज बरालविरुद्ध नक्कली शैक्षिक प्र्रमाणपत्र देखाएर सेवा प्रवेश गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । २४ वर्षे सेवा अवधि पूरा गरेर उनले २९ फागुन २०७५ मा शिक्षकबाट अवकाश लिएका थिए । उनले पनि भारतको बिहारस्थित मिथिला संस्कृत विश्वविद्यालयबाट मध्यमा तहको परीक्षा पास गरेको नक्कली प्रमाणपत्र ल्याएर शिक्षक सेवामा प्रवेश गरेको भेटिएको छ ।
त्यस्तै, साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायले सेवा र पदोन्नतिका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उनीमाथि मुद्दा दर्ता भएको छ । उनले पनि बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा तहको परीक्षा पास गरेको झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी साझा प्रकाशन शाखा कार्यालयमा पेस गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस