सोल- दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । कोरियामा नेपालीहरु सुरक्षित छन् । कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।
एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षित रहेको जनाएको छ । राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँ भने व्यापक रुप लिएको छ ।
दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचार माध्यमहरुले जनाइरहेका छन् । कोरोनाका बिरामीहरु क्रमशः घटिरहेका छन् ।
कोरोनाबाट संक्रमित र मृत्यु हुने अधिकांश चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजनिक रुपमा माफि मागेका समाचार संस्थाहरुले जनाएका छन् ।
हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकांश विरामी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । सरकारले विद्यालय, चर्च, विवाह उत्सव, पार्टी जन्मोत्सवलगायत जमघटका कार्यक्रम नगर्न अनुरोध गरेको छ । तर एकाधबाहेक अधिकांश उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।
राष्ट्रपति मुन जे इनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन् । त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थ्यप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।
दक्षिण कोरियामा हालसम्म ७ हजार ४४८ जना संक्रमित र ५३ जनाले ज्यान गुमाएका छन् भने १६६ जना निको भएर घर फर्र्किएका छन् ।चीनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चीन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका १०८ देशमा फैलिएको छ । करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । धेरै संक्रमित हुनेमा पहिलोमा चीन छ ।
जहाँ ८० हजार ७३५ जना संक्रमित भएका छन् भने ३ हजार ११९ जनाले ज्यान गुमाएका छन् । इरानमा ६ हजार ५६६ संक्रमित र १९४ जनाको ज्यान गुमाएका छन् ।इटालीमा ७ हजार ३३५ जना संक्रमित र ३६६ जनाले ज्यान गुमाएका छन् । जापानमा १ हजार १९८ जना संक्रमित र १४ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ हजार २०९ जना संक्रमित र १९ जनाले ज्यान गुुमाइसकेका छन् । अमेरिकामा ५५४ जना संक्रमित र २२ जनाले ज्यान गुमाईसकेका छन् । स्पेनमा ६७४ जना संक्रमित र १७ जनाले ज्यान गुमाईसकेका छन् ।-कारोबार
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस