सोल-‘म अव चुप बस्दिन’ भन्ने नारा मिटु अभियानको विश्वव्यापी आन्दोलनकै चर्चित नारा रहेको थियो । सोहि अभियानलाई आत्मसाथ गर्दै दक्षिण कोरियाका महिला मुक्ति आन्दोलनकर्ता महिलाहरुले आफ्नो नयाँ राजनितिक पार्टि कोरियाली राजनितिमा परिचय दिलाउदै छन् । आगामि निर्वाचनवाट राष्ट्रिय सभा प्रवेश गर्ने लक्ष सहित उनीहरुले तयारी थालेका छन् ।
‘महिलाद्वारा महिलाले महिलाको अधिकार लिने’ लक्ष सहित स्थापना गर्न लागिएको उक्त पार्टीमा १० हजार जनाको हस्ताक्षर गरिएको छ जो लामो समयवाट महिलाहरुका समस्याहरु समाधानका निम्ति कोरियामा निरन्तर लडिरहेका छन् ।
हाल उनीहरुले पार्टी दर्ताका लागि चाहिने सबै कानुनी प्रकृयाहरु पुरा गरिसकेको समेत बताएका छन् । १० हजार जनाको हस्ताक्षर, ८ हजार २ सय जना सदस्य, पाँचै प्रान्तहरुमा कार्यालय लगायतका प्रकृया पुरा गरिसकेको उनीहरुले बताएका छन् ।
१ सय १२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सोल आर्टस् कलेज परिसरमा आयोजित एक विशेष कार्यक्रममा निर्धारित समय भन्दा करिव ३८ दिन पछि उक्त पार्टीको उद्घाटन गरिएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण थोरै मानिसहरुको उपस्थितिका माझ उक्त पार्टीको घोषणा गरिएको थियो ।
कोरियाकै पहिलो महिला बैंक मेनेजर चाङ दो सोङ, पुर्व कानुन निर्माता सोहन बङ सुक लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा उक्त पार्टीको घोषणा गरिएको थियो ।
आफूले महिला अधिकारका लड्दा धेरै बाधा अड्चनहरु आउने गरेको स्मरण गर्दै पुर्व कानुन निर्माता सोहन ले ३७ दिनमा नै १० हजार जना सदस्य फेला पारेर महिला मुक्ति आन्दोलनको नेतृत्व गर्ने साहास लिनु तथा त्यसका लागि प्रण गर्नु वास्तवमा नै गर्व गर्न लायकको विषय रहेको बताए । आफू प्रोग्रेसिभ तथा कन्जर्भेटिभ केही नभई महिलाका मुद्धालाई राज्य सम्म पुर्याउन राष्ट्रिय सभा जान लागेको समेत उनले बताए ।
उक्त पार्टीका अधिकारीहरुका अनुसार आगामि अप्रिल १५ मा हुने आम निर्वाचन मार्फत न्युनतम पनि ४ जना सभामा जाने लक्ष सहित आफूहरु तयारि गरिरहेको बताएका छन् । कोरियाले हालै अवलम्वन गरेको समावेशी सहभागिताको सिद्धान्त अनुरुप आफूहरु सभामा जाने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस