काठमाडौं – दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नसकिने चिकित्सकहरुले बताएका छन् । गत बुधबार मृगौला प्रत्यरोपण गराएका ओलीको स्वास्थ्य सूचकांकहरु समान्य भएपनि तत्काल डिस्चार्ज गर्ने मिति तोक्न नसकिने चिकित्सकहरुले बताएका हुन् ।
प्रधानन्त्रीका नीजि चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधारका लक्षण देखिएको भनिएपनि डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने बताएकी छिन् । ‘अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौँ । भोली नै पर्सी नै भनेर मिति तोक्न सकिँदैन तर छिटो भन्दा छिटो डिस्चार्ज गरेर पठाउँछौँ’, उनले भनिन् । डा. शाहले अहिले नै डिस्चार्ज गर्दा हुने भएपनि घरमा समेत अस्पतालको जस्तै व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय लाग्ने बताए । परिवारले समेत घरमा व्यवस्थापन गर्नुपर्ने भएकाले केही दिन अस्पतालमा राख्न आग्रह गरेको उनले बताएकी छिन् ।
प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्ने डा शाहले बताएकी छिन् । औषधिको डोज बढी भएका कारण संक्रमणको खतरा रहेपनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यस सम्बन्धि ज्ञान भएकाले संकट नआउने उनले बताईन् । ‘सुरुमा अलिकति सावधानी अपनाउनुपर्छ पहिलो १ महिना खासगरी । औषधिको डोज बढी भएकाले संक्रमणहरुको सम्भावना रहन्छ । तर उहाँले पहिले पनि प्रत्यरोपण गरेको र परिवारलाई पनि यस सम्बन्धि ज्ञान भएकाले यसमा त्यती संकट नआउला त्यही पनिउहाँले पुरै पब्लिक भएर भिडभाडमा जान हामी सल्लाह दिँदैनौँ । आफ्नो दैनिक काम सचिवालयबाट गर्न सक्नुहुन्छ ।’ डा. शाहले रुघाखोकी र अरु संक्रमण भएका व्यक्तिहरुबाट जोगिनुपर्ने बताईन् । सामान्य मान्छेहरु जस्तै सक्रिय हुन ६ महिना देखी वर्षदिनको समय लाग्ने उनले बताएकी छिन् ।
मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा सार्वजनिक सञ्चारमाध्यमहरुमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको अगुवाईमा प्रत्यारोपणमा संलग्न चिकित्सकहरुसँग पत्रकारहरुको अन्तरक्रिया गराइएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस