काठमाडौं – युएईमा दुई नेपालीमा कोरोना भाईरस पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ,’ ढकालले टेलिफोनमा भने । युएईले नेपाललाई औपचारिक जानकारी भने दिएको छैन ।
सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक नागरिक छन् ।
आइतबार अस्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको जानकारी आएको अस्ट्रेलियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् । संक्रमित व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगरिदिन आग्रह गरेको पनि उनले बताइन् ।
‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ ।
त्यस्तै, स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण अर्थात् पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पिपिईको विश्वव्यापी अभाव भएको छ । नेपालजस्ता विकासोन्मुख देशमा यसको बढी समस्या परेको छ ।
नयाँपत्रिका दैनिकका अनुसार, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाआतंकसँगै उपकरण लुकाउने तथा दुरुपयोग गर्ने क्रम बढ्दा पिपिई आपूर्तिमा विश्वव्यापी समस्या देखिएको जनाएको छ ।
अत्यावश्यक उपकरणको बढ्दो अवरोधले नयाँ कोरोना भाइरस र अन्य संक्रामक रोगहरूले ज्यान जोखिममा पु(याउन सक्नेसमेत डब्ल्युएचओले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस भन्छन्, ‘सुरक्षित आपूर्तिविना विश्वभरिका स्वास्थ्यकर्मीहरूका लागि जोखिम वास्तविक छ ।’
स्वास्थ्यकर्मीहरू आफू र आफ्ना बिरामीबाट अरूलाई संक्रमण नहोस् भनेर व्यक्तिगत सुरक्षा उपकरणहरूमा भर पर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोक्ने पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको सुरक्षा नै हो । स्वास्थ्यकर्मीहरू आफ्नो सुरक्षाविना कोभिड रोक्न सक्दैनन् । तर, नेपालसँग एक हजारको संख्यामा मात्रै पिपिई रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस