“प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ।”
यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अस्वीकार गर्ने आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजम हुन्।
लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन्। उनी पर्यावरणसम्बन्धी मुद्दामा निकै सक्रिय छिन्।
उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्।
भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्विटरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको नाम प्रस्तुत गरिरहेको छ।
भारत सरकारले आफ्नो नाम पनि उल्लेख गरेपछि लिसिप्रियाले धन्यवाद त भनिन् तर त्यो सम्मान स्वीकार नगर्ने बताइन्।
लिसिप्रियाको प्रतिक्रियाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन्।
केहीले उनको आँटिलोटिप्पणीको प्रशंसा गरेका छन् भने केहीले उनलाई भ्रममा राखिएको बताएका छन्।
केहीले त्यो ट्वीट उनले लेखेकोमा आशङ्का व्यक्त गरेका छन्। ट्विटरमा उनको परिचयमा सो खातामा उनका अभिभावकद्वारा व्यवस्थापन गरिने उल्लेख छ।
केहीले उनले भारत सरकारको अपमान गरेको धारणा राखेका छन्। उनको तुलना स्वीडनकी वातावरण अभियानकर्मी ग्रेटा टून्बेर्गसँग पनि गरिन्छ।
तर लिसिप्रियाले त्यो मन पराउँदिनन्। उनी आफ्नै परिचय भएको बताउँछिन्। उनले ट्विटरमा आफूलाई ुएक बेघर पर्यावरण कार्यकर्ताु भनेकी छन्। बीबीसीबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस