काठमाडौं – काठमाडौं जिल्लाका प्रमुख जिलला अधिकारी जनकराज दाहालले परिवारसँग मिलेर होली खेल्न पाइने तर भीडभाड गर्ने होहल्ला गर्ने र अरुलाई पानी छ्याप्दै हिड्न नपाईने बताएका छन् ।
आम मानिसमा होली खेल्न रोक लगाएको हो कि भन्ने भ्रम परेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले सौहार्दपूर्ण वातावरगणमा होली खेल्दना केही नहुने बताए ।
उनले एकै पटक धेरै ठूलो समूहमा नहिड्न, कन्सर्ट नगर्न र पानी अरुलाई नछ्याप्न अनुरोध गरे ।
आफूहरुले होली मनाउन नपाउने नभनेका भन्दै उनले चिसो र पानीमा कोरोना भाइरस सक्रिय हुने भएकाले जोगिनुपर्छ भनेर अनुरोध गरेका बताए ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयको निर्देशन अनुसार होली सभ्य तरिकाले मनाउन प्रहरी परिचालन हुने बताए ।
यो पटकको होली खेल्दा कोरोनाको उच्च जोखिम हुने भएकाले समूहमा होली नखेल्न र पानीमा नभिज्न एसएसपी थापाले सबैमा अनुरोध गरे ।
गृह मन्त्रालयले कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै होली मनाउन अनुरोध गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस