काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालनमा गुट उपगुटले समस्या भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७३औं स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गुटका कारण पार्टीभित्र काम गर्न गाह्रो भएको र गुट उपगुटको अन्त्य आफूले चाहेको बताए ।‘पार्टीभित्र गुट उपगुट धेरै भयो, गुटको अन्त्य गर्न मैले चाहेको छु, गुटको अन्त्य भएपछि काम गर्न सकिन्छ,’ सभापति देउवाले भने ।
छेउमै बसेका महामन्त्री डा. शशांक कोइरालाई आग्रह गर्दै सभापति देउवाले गुट अन्त्य गर्न आफूलाई सघाउनसमेत आग्रह गरे । ‘महामन्त्रीज्यू गुट अन्त्य गर्न मलाई सहयोग गर्नुस्, म पार्टीमा गुट अन्त्य गर्न चाहन्छु,’ महामन्त्रीलाई आफूतर्फ हेर्न आग्रह गर्दै उनले भने ।
देउवाले सरकार जनताका अधिकार खोसेर प्रजातन्त्रमाथि आक्रमण गर्न उद्यत् रहेको भन्दै सरकारले गरेका गलत काममा खबरदारी गर्नसमेत कार्यकर्तालाई आग्रह गरे ।
‘प्रजातन्त्रको रक्षाका लागि ठूलो आन्दोलन गर्नुपर्ने हुन सक्छ, तपाईंहरू तयार रहनुहोस्,’ उनले कार्यकर्तालाई भने ।
सरकारले सामाजिक सञ्जालमाथि बन्देज लगाउन प्रयास गरिरहेको उल्लेख गर्दै देउवाले भने, ‘जनताका मौलिक अधिकार खोसेर प्रजातन्त्रमाथि आक्रमण गर्न सरकार उद्यत् छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस