काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन् ।
नेकपा चितवनको सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्याग्न अनुरोध गरे ।
बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष दाहालले भने, “माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ ।”
तल्लो तहमा पार्टी निर्माणमा लाग्न अध्यक्ष प्रचण्डले जिल्लालाई निर्देशन दिए।
उनले भने, “तपाईंहरु पार्टीको खम्बा हो, जनस्तरमा पार्टीको कार्य योजना, सरकारको काम, पार्टीले खेल्नुपर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्नु छ ।”
कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै उनले ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौँ तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ’ भनेर सल्लाह दिनसमेत अध्यक्ष प्रचण्डले आग्रह गरे ।
सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उनले आग्रह गरे ।
पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामको विषयमा जनस्तरसम्म लैजान उनले सबैलाई निर्देशन पनि दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस