भक्तपुर- सूर्यविनायक नगरपालिका १ सिरुटार र ४ दधिकोटको चित्रपुर जोड्ने सिमानामा रहेको चरखण्डी खोलामा निर्माण हुने पुलको शिलन्यास गरिएको छ ।
स्थानीय विकास वूर्वाधार आयोजनाको भ्याट बाहेक कूल रु. ७० लाख ४७ हजारको लागतमा निर्माण हुन लागेको पुलको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री एवं संघीय सांसद महेश बस्नेतले शिलन्यास गरेका हुन् ।
शिलन्यास कार्यक्रममा बोल्दै उनले विकासमा पिछडिएको र दुर्गम मानिने सूर्यविनायक नगरपालिका क्षेत्रमा अहिले विकासमा क्रान्ति आएको बताए । सांसद बस्नेतले चुनावमा भोट माग्दा आमजनताले सडक, ढल र खानेपानीको माग गरेको बताउँदै आफ्नो कार्यकालमा जनताको यो मागलाई पुरा गर्ने गरि विकासमा क्रान्ति ल्याएको बताए ।
‘यो वर्ष मात्रै साना १० वटा र ठूला ६ वटा पुल बनिरहेका छन्, भक्तपुर जिल्लामा हाम्रो पहलमा गतवर्षदेखि अहिलेसम्म २९ वटा पुल निर्माणको काम अगाडि बढाएका छौ’-नेकपाका केन्द्रीय सदस्य एवं युवा संघका केन्द्रीय इन्चार्ज समेत रहेका भएका सांसद बस्नेतले भने -‘विहान उठेदेखि राती नसुतेसम्म जनताको विकासको काम लिएर हिडिरहेको छु, जनताले खाजेको विकास बाहेक मेरो अरु कुनै स्वार्थ छैन ।’
सूर्यविनायकको मूल सडकको रुपमा ललितपुरको बालकुमारीबाट बालकोट, चित्रपुर हुँदै रानीकोट जाने सडक निर्माणमा रु. ४० करोड, पात्लेटारमा रु. २ करोड ५० लाख, कटुञ्जे सिरुटार हुँदै लुभु जाने सडकमा पुल समेत गर्दा रु. ७ करोडको लागतसँगै सूर्यविनायक गुण्डु, थिमि बालकोट, जगाती सिपाडोल लगायत सडकहरुको निर्माण कार्य भईरहेको र सडक डिभिजन कार्यालय मार्फत मात्रै ३५ करोडका विभिन्न सडकहरु निर्माण अगाडि बढेको उनले बताए ।
राम्रो कामको जनताले मूल्याङ्कन गर्ने भएकाले केही जन्मदै बिरोधी मानसिकता लिएर आएकाहरुको विरोधको बेवास्ता गर्दै जनताको सुझावलाई लिएर अगाडि बढ्नु पर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस