काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई इजरायल, फ्रान्स र युरेपेलि युनियनका राजदूतले स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले विभिन्न देशका राजदुतले स्वास्थ्यलाभको कामना गरेका बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिडडुल पनि गराउन थालिएको छ । उनलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहको छ । संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा. खड्काले बताए ।
आइतबार अस्पताल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ब्यापक सुधार भइरहेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस