काठमाडौं-समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताए ।
उनले सरकार देशको आर्थिक विकास भन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रीत भएको आरोप लगाए ।
बैंकहरुमा देशकै अर्थतन्त्र बराबरको पूँजी जम्मा भएको तर त्यसको प्रयोग एक दुई सय जनाले मात्र गरेकोले देशको आर्थिक विकास नभएको बताए ।
उनले पूँजीको पहुँच साना र मझौला व्यवसायीहरुमा नपुगेसम्म आर्थिक विकास नहुने भन्दै भने, ‘अहिले हाम्रो बैंकहरुमा झण्डै हाम्रो कुल गार्हस्थ उत्पादन बराबर ३३\३४ खर्ब रुपैयाँ पूँजी रहेको छ तर त्यसको प्रयोग कसले गरेको छ भने जम्मा सय दुईसय ठूला घरानाहरु छन तिनिहरुले ३३\३४ खर्ब रुपैयाँ प्रयोग गरिराखेका छन् । जबकी यहाँ ५०औं लाख साना र मध्यम उद्योग व्यवसायीहरु छन उनिहरुले सामान्य बिउ पूँजी समेत प्राप्त गर्न सकेका छैनन् । त्यसो भएको हुनाले सबैभन्दा पहिले हामीसँग उपलब्ध जुन पूँजी छ त्यसको ठिक ढंगले मुख्यतह साना र मध्यम व्यवसायीहरुमा हामीले ठिक ढंगले वितरण गर्ने व्यवस्था हुन प¥यो ।’
प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने र बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने बताए ।
उनले भन्नुभयो ‘विदेशबाट श्रम बेचेर पैसा ल्यायो अनि विदेशकै सामान मगायौं अनि यहाँ खाएर फोहोर गर्ने मात्रै विदेशमा चाहिं श्रम बेच्ने त्यसले कमाएकोले विदेशबाट वस्तु आयात गर्ने अनि यहाँ फोहोर गर्ने यस्तो अर्थतन्त्र हुनै सक्दैन ।’
देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पूँजीको निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस