काठमाडौं – जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ।
सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधबार सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो।
विस्फोटक पदार्थ आयातमा सेनाले असहमति जनाएपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभागलगायत परामर्शदाता ९निप्पोन कोईलगायत० लाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने अडान राखेको छ।
‘विस्फोटक पदार्थ आयातसम्बन्धी नेपाल सरकार, सडक विभाग र नेपाली सेनासँग पटकपटक पत्राचार र बैठक भए’, पत्रमा छ, ‘यो पत्र लेखिरहँदा सेनाबाट सहमति प्राप्त हुनेमा अनिश्चितता रहँदारहँदै पनि हाम्रो कम्पनीको व्यावसायिक चासोलाई जोडदार महत्व दिन्छौं।’
नेपालमै उत्पादित विस्फोटक पदार्थ उपयोगका लागि नेपाली सेनाले गरेको आग्रह महत्वपूर्ण नभएको हाजमाको दाबी छ। पत्रमा जनवरी २० का दिन भएको बैठक ९सेनासहित० का क्रममा उठेका चासोलाई दोहोर्याइएको छ।
‘सुरुङमा ड्रिल र ब्लास्ट ९विस्फोट० इन्जिनियरिङ विधाको सबैभन्दा खतरनाक गतिविधि हो, जुन ढुंगा फोर्दा गरिएको विस्फोटबाट उत्पन्न हुने धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पारी जीवनमै जोखिममा पारिदिन्छ,’ पत्रमा छ।
नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ उपयोग गरेको कुनै अभिलेख वा डाटा उपलब्ध भएको प्रमाण नभेटिएकाले हाजमा आयोजनाको समय–सीमालाई मध्यनजर गर्दै विस्फोटक पदार्थ आयातका लागि विचार गर्न बाध्य भएको पत्रमा जनाइएको छ।
नेपाली सेनाले विस्फोटक ९डिटोनेटर्स०, तार जस्ता विस्फोटक पदार्थसँग सम्बद्ध अन्य सामग्री ९एक्सप्लोसिभ एसेसोरिज० उत्पादन नगरेकाले खरिद प्रक्रियामा जटिलता आउने उसले जनाएको छ। ‘यसबाहेक अहिलेको विश्वव्यापीकरणको जमानामा हामी अभैm खुला बजार प्रतिस्पर्धामा विश्वास गर्दछौं र माथिका कुरालाई विचार गर्दा के निष्कर्ष निस्कियो भने हाम्रो कम्पनीको हित र सुरक्षाका दृष्टिले विस्फोटक पदार्थ आयात गर्नु धेरै लाभदायी देखियो,’ पत्रमा छ, ‘यद्यपि, भविष्यमा हामीले उठाएका चासो सम्बोधन भएमा नेपालमा उत्पादित विस्फोटक पदार्थ उपयोग गर्ने बाटो बन्द गरेका छैनौं।’
हाजमाले विश्वव्यापी रुपमा परीक्षण गरिएको विश्वसनीय विस्फोटक पदार्थ ९इमोल्सुन० र यसका सामग्री ठेक्का सम्झौताबमोजिम नियोक्ता ९सडक विभाग० को सहयोगमा आयात गर्ने आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ।
यसअघि गत माघ १५ गते सैनिक मुख्यालयमा दुई जनरलसहित आयोजना निर्देशक, आयोजना प्रमुख, परामर्शदातासहितको बैठकमा हाजमाका प्रतिनिधिले सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ नागढुंगा सुरुङ खन्न उपयोग गर्न नसकिने जनाउ दिएको थियो।
विस्फोटक पदार्थको प्रभावकारिता, मानव स्वास्थ्यमा त्यसले पार्ने प्रतिकूल प्रभाव, उपलब्ध गराउन सक्ने मात्र, तुलनात्मक मूल्य ९आयातीतभन्दा महँगो०, विस्फोटक पदार्थ प्रयोग गर्दा नभइनहुने अन्य सामग्री सेनाले आपूर्ति नगर्ने लगायतका कारण देखाएको थियो। सेनाको विस्फोटक पदार्थ उपयोग गरेर कुनै पनि सुरुङ खनिएको प्रमाणलाई पनि हाजमाले गम्भीरताका साथ उठाउँदै आएको थियो। यति कारण खोतलेर दिँदा पनि सेनाले आफूहरुकै उत्पादन लिनुपर्ने भन्दै पत्र काटेपछि हाजमाले चिठी लेख्न बाध्य भएको आयोजना स्रोतले बतायो।
कुनै पनि ठेकेदार वा निर्माण कम्पनीले विस्फोटक पदार्थ प्रयोग गर्नुपरेको अवस्थामा गृह मन्त्रालयले रक्षा मन्त्रालयलाई पत्राचार गर्ने र सेनाको राय प्रतिक्रिया लिन त्यो पत्र सेनाको मुख्यालयमा पुर्याउने गरिन्छ। सेनाले राय दिने क्रममा ‘हामी आपैंm उपलब्ध गराउन सक्छौं, हाम्रै छ’ भनेर लेख्दै आएको छ। ‘सेनाले सुरक्षा उपलब्ध गराउने हो, खुला प्रतिस्पर्धाविपरीत हाम्रै लिनू भन्न पाउँदैन,’ आयोजना स्रोतको भनाइ छ।
सेनाले उपलब्ध गराउने विस्फोटक पदार्थ प्रतिकेजी एक सय ९८ रुपैयाँ पर्छ। बाहिरबाट आयात गर्दा यसको मूल्य प्रतिकेजी एक सय १८ रुपैयाँ छ। सेनाले भारतबाट कच्चा पदार्थ आयात गरी चिनियाँ प्लान्ट स्थापना गरेर उत्पादन गर्ने विस्फोटक पदार्थ भारतमा उत्पादन भएर आउनेभन्दा महँगो छ।
सेनाले समयमै विस्फोटक पदार्थसम्बन्धी अनुमति नदिँदा यो आयोजना निर्माणमा ढिलाइ भइसकेको छ। ठेक्काअनुसार सुरुङ खन्न सुरु गरिसक्नुपर्ने समय जुन १ जेठ १९, २०७७ देखि हो।
‘आजकै मितिले सेनाबाट अनुमति आएछ भने पनि ढिलो भइसकेको छ,’ आयोजना स्रोतले भन्यो, ‘सेनाले सहमति दिएपछि भन्सारसम्म विस्फोटक पदार्थ आइपुग्न तीन महिना लाग्छ।’ अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस