काठमाडौं – नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन् ।
हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका लागि सरकारसँग थप समय मागेकी छिन् ।
गत ४ माघमा ट्रस्ट कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । म्याद गुज्रिएपछि घरजग्गा खाली गर्न थप समय माग गर्दै प्रेरणाले ट्रस्ट कार्यालयमा निवेदन दिएकी छिन् ।
तर, ट्रस्ट सञ्चालक समितिको बैठक बस्न नसक्दा सो सम्बन्धमा निर्णय हुन नसकेको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले बताए । आगामी बैठकमा म्याद थपसम्बन्धी प्रेरणाको प्रस्ताव लैजाने ट्रस्टको तयारी छ ।
राजतन्त्रको अन्त्यपछि नेपाल सरकारले ०६४ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रस्ट ऐन पारित गर्यो ।
सोही आधारमा ट्रस्टले २१ हजार पाँच सय ६२ रोपनी जग्गा आफूमातहत ल्याइसकेको छ । राजा त्रिभुवनले अविवाहित कान्छी छोरी विजया शाहलाई संरचनासहितको छाउनीको जग्गा उपभोगका लागि दिएका थिए । विजयाकोे मृत्युपछि उक्त जग्गा राजदरबारकै नाममा आएको थियो । ०६४ मा ट्रस्ट ऐन बनेपछि उक्त जग्गा ट्रस्टमातहत आएको थियो ।
सर्वोच्चको फैसलाविरुद्ध ट्रस्ट कार्यालय पुनरावेदनमा गयो । न्यायाधीशत्रय विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले पुनरावलोकन हुने ठहर गर्यो ।
२१ पुस ०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले ‘उक्त सम्पत्ति पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा दर्ता नै नभएकाले उनले दाइजो दिन नमिल्ने’ फैसला गर्यो ।
यो फैसलाले छाउनीको सम्पत्ति पुनः ट्रस्टमातहत आयो । त्यसपछि प्रेरणाले नेपाल ट्रस्ट नै खारेज गर्ने मागसहित ०७५ पुसमा संवैधानिक इजलासमा रिट दायर गरिन् ।
उनको रिट गत २४ माघको संवैधानिक इजलासले खारेज गरिदियो । योसँगै सरकारमातहत आइसकेको सम्पत्ति पनि वर्षौंदेखि उपभोग गर्दै आएकी प्रेरणाका लागि हकदाबी गर्ने कानुनी बाटोसमेत बन्द भयो ।
आफूमातहत आएको घरजग्गाको निर्बाध भोगचलन भएपछि ट्रस्ट कार्यालयले घरजग्गा छाड्न आग्रह गर्दै प्रेरणालाई पत्राचार ग¥यो । तर, सो जग्गा आफूले बुबा ९पूर्वराजा ज्ञानेन्द्र शाह०बाट दाइजोस्वरूप पाएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिन् ।
६ असार ०७२ मा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश ९हालका प्रधानन्यायाधीश० चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले ‘पहिले नै दाइजोमा दिइसकेको सम्पत्ति पछि बनेको कानुनअनुसार राज्यको नाममा ल्याउने मन्त्रिपरिषद्को निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले फिर्ता गर्नू,’ भन्ने फैसला गर्यो । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस