काठमाडौँ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले कोरोना भाइरसबाट कोही पनि नागरिक आतंकित हुनु नपर्ने बताउँदै आम नागरिक सचेत र सजक हुन जरुरी रहेको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधि सभामा पेश गरेको जरुरी सार्वजनिक महत्वको बिषयमा बोल्दै सांसद बस्नेतले कोरोना भाइरसको सन्त्रास विश्वका धेरै मुलुकहरुमा फैलिएको उल्लेख गर्दै पछिल्लो समय बजारमा हल्ला फैलाईए जस्तो नेपालमा ठूलो त्रासको अवस्था नरहेको बताए |
चीनको हुवान प्राप्तबाट डिसेम्बरबाट शुरु भएको उक्त भाइरसले विश्वभरि फैलने क्रममा रहेको तर महामारिकै रुप नलिएको बताए छिमिकी मुलुक चीनले उक्त भाइरस विरुद्धको भ्याक्सिन पत्ता लगाएको र मार्चको अन्तिमसम्ममा नियन्त्रण गर्ने अठोट लिएको समेत बताए ।
उनले भने , ‘चीन आफैले पनि मार्चको अन्तिमसम्म कोरोना भाइरसलाई नियन्त्रण गर्ने अठोट लिइसकेको छ । नेपालमा अहिलेसम्म यसको पुष्टी नभएको अवस्थामा यसलाई रोकथामका उपायहरु अबलम्बन गर्नु जरुरी छ ।’
क्यारेन्टाईनमा बसेका नागरिकले नेपाल सरकारको व्यवस्थापनमा अत्याधिक खुशी भएको र नेपाल सरकारको जय होस् भन्ने नारा समेत लगाएकाले सरकारले व्यवस्थित तथा प्रभावकारी ढंगले अघि बढिरहेको उल्लेख गर्दै भ्रम तथा आतंकित हुनु पर्नेभन्दा प्राथमिक तवरले सुरक्षा अपनाउनु पर्नेमा जोड दिए ।
नेपाल प्राकृतिक रुपमा सुन्दर रहेकाले नेपालको वातारण नै आतंकिन नहुने प्रकारको भएकाले हल्लाको पछि भन्दा पनि वास्तविकताको पछि लाग्नुपर्नेमा जोड दिए |
सरकार कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन गम्भीर भएको लागेको बताउँदै बस्नेतले फागुन १९ गते आफ्नो उपचार गर्न अस्पताल भर्ना हुनुपूर्व प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक राखेर विशेष समिति निर्माण गर्नु आफैमा सकारात्मक भएको बताए ।
यो सरकारले गम्भीर भएर नै आव्हान गरेको बताउँदै सरकारले वर्तमान समयमा कुनैपनि जरुरी कार्यक्रम बाहेकका सार्वजनिक सभा, समारोहलाई नगर्ने निर्णय भएको समेत जानकारी गराए ।
उनले अहिले कोरोना भाइरसको संक्रमण भएका विश्वका पाँचवटा देशबाट नेपालमा भिसा नदिने निर्णय गर्नु, भ्रमण बर्ष २०२०, सगरमाथा सम्मेलनलाई स्थगन गर्नु, प्रत्येक अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गर्नु सरकारको सकारात्मक कदम भएको बताए ।
केही समययता कोरोना भाइरस फैलिन सक्ने भन्ने आतंकित मानसिकताका कारण बजारमा कृत्रिम अभाव सिर्जना गर्न खोजिएको उल्लेख गर्दै उनले त्यसलाई रोकथाम र नियन्त्रण गर्न आपूर्ति मन्त्रालयले ११३७ नम्बरको सम्पर्क नम्बर सार्वजनिक गर्दै यस्ता गतिविधिलाई निरुत्साहित गर्न समेत सरकारले गम्भीरतापूर्वक लागेको स्पष्ट पारे ।
उनले भमे , ‘भारतमा कोरोनाको संक्रमण देखापरेपछि विभिन्न २६ वटा औषधिलाई नेपाल निर्यातमा नियन्त्रण गरेको छ, यसले नेपालमा सन्त्रास फैलिएको छ । यसलाई कुटनीतिक रुपमा समाधान गर्नु जरुरी छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस