काठमाण्डौ-पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताएका छन।
होटल एम्बासेडोरले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा पुर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताएका हुन। भट्टराईले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिलेही पनि सफल लिडर बन्न नसक्ने बताए। “लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो। अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन। हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन्। त्यो लिडरै होइन। लिडर भएर अनपपुलर कुरा गर्न सक्नुपर्छ। सही,साईन्टिफिक कुरा र देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ। ” भट्टराईले भने।
आफु प्रधानमन्त्री भएको बेला काठमाण्डौ उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षा सहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दे भट्टराईले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए। साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै शहरलाई सुन्दर बनाउने आँकाक्षा सहित गरेको निर्णयले होटल एम्बासेडोरलाई पनि नोक्सानी पुर्याएपनि अहिले पुर्नसंचना पछि झन राम्रो स्वरुपमा आएको भन्दै भट्टराईले त्यस कार्यलाई ‘क्रियटिभ डिस्टक्सन’ को संज्ञा दिए।
भट्टराई प्रधानमन्त्री भएका बेला कंलकी,त्रिपुरेश्वर, कोटेश्वर हुदै तिलगंगासम्म, त्रिपुरेश्वर, लाजिम्पाट, महाराजगञ्ज हुदै बुढानिलकण्ठ जाने बाटो र कमलपोखरी हुदै विमास्थल जाने बाटो विस्तारको समयमा यस होटलको केही भाग भत्काउनु परेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस