काठमाडौंः विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका चार अध्यक्षको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। समितिको मंगलबार बसेको बैठकले चारवटा आयोगमा सिफारिस भएका चार जनाको नाम अनुमोदन गरेको हो। समितिले संवैधानिक परिषद्बाट सिफारिस भएर आएका व्यक्तिरुको नाम अनुमोदन गरेको हो। समिति सदस्य अमृता थापा मगरका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मेधसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरीको नाम अनुमोदन भएको छ। मगरले चारै जनाको नाम सर्वसहमतिमा सिफारिस भएको बताइन्।
नेपाली कांग्रेसका सदस्यहरुले भने सिफारिस प्रक्रियामा प्रतिपक्ष दललाई वहिष्कार गरिएको भन्दै सुनुवाइको सम्पूर्ण प्रक्रिया नै वहिष्कार गरेका छन्। मधेसी आयोगमा सिफारिस भएका समिम मिया अन्सारीको नाम भने विवादमा परेको छ। केही बेरको विवादपछि उनको पनि सुनुवाइ हुने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस