५६ जिल्ला सभापति चुनावबाट प्रतिनिधि आउने पक्षमा
काठमाडौँ : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने विधानको व्यवस्थालाई हटाउन माग गरेका छन्।
महासमिति बैठकका बेला सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावबाटै प्रतिनिधि बन्ने व्यवस्था विधानमा राख्ने प्रतिवद्धता जनाए पनि त्यसबाट पछि हटेर स्वत: प्रतिनिधि बन्ने व्यवस्था केन्द्रीय समितिबाट निर्णय गरिराखेको भन्दै जिल्ला सभापतिले विरोध गरेका हुन्।
राजधानीमा उपलब्ध ५० बढी जिल्ला सभापतिहरूले स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था सच्याउन माग गरेको कांग्रेस नुवाकोट सभापति जगदीश्वेर नरसिंह केसीले बताए।
यदि निर्णय सच्याउन केन्द्रीय कार्यसमिति तयार भएन भने विशेष महाधिवेशन बोलाउने समेत जिल्ला सभापतिहरूले चेतावनी दिएका छन्।
कांग्रेसको पुस २९ देखि माघ ९ सम्म चलेको महासमिति बैठक समापन गर्दै सभापतिसहित वरिष्ठ नेताले महासमिति सदस्य तथा जिल्ला सभापतिको मागअनुसार स्वत: प्रतिनिधि बन्ने व्यवस्था हटाउने र समानुपातिक तथा आरक्षण कोटा दोहोर्याएर नदिने व्यवस्था विधानमा राख्ने प्रतिवद्धता जनाएका थिए।
‘महासमिति बैठकबाट पास भइसकेको विषयलाई केन्द्रीय समिति बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्यचकित बनाएको छ,’ केसीले भने, ‘कांग्रेसको विधान बनाउने थलो महासमिति बैठक हो केन्द्रीय समिति बैठक होइन।’
महासमितिको गरिमा र विश्वसनियतामा समाप्त पार्ने खेल नेतृत्वबाट भएको जिल्ला सभापतिहरूले बताएका छन्।
स्वत: प्रतिनिधि हुने व्यवस्था हटाउन र दोहोर्याएर समानुपातिक कोटा लिन पाउने व्यवस्था हटाउन जिल्ला सभापतिले केन्द्रीय कार्यालयमा बुझाएको हस्ताक्षरलाई पनि पार्टी नेतृत्वले वेवास्ता गरेको जिल्ला सभापतिहरूको दाबी छ।
‘महासमिति बैठक र निर्णयबाट उत्साहित पार्टी सदस्यलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकको निर्णयले निराश बनाएको छ,’ केसीले भने, ‘पार्टी नेतृत्व र संगठनलाई क्षति पुर्याउने उक्त निर्णय पुनर्विचार गर्न माग गर्छौं। अन्यथा विशेष महाधिवेशनका लागि पहल गर्न बाध्य हुनेछौं।’
स्वत: महाधिवेशन प्रतिनिधि बन्न हुन्न भन्ने पक्षमा रहेका कांग्रेसका जिल्ला सभापतिहरू:
प्रदेश नं. १
लिला देवी बोखिम, ताप्लेजुङ
नरेन्द्र कुमार केरुङ, पाँचथर
हिमालय कर्माचार्य, इलाम
उद्धव थापा, झापा
गोविन्द ढुंगाना, तेह्रथुम
नन्दमणि राई, भोजपुर
नरेश कुमार श्रेष्ठ, खोटांग
बिनोद बस्नेत, सोलुखुम्बु
राजिब कोइराला, सुनसरी
डिगबहादुर लिम्बु, मोरङ
बिदुर बस्नेत, गाईघाट
दिपेनकुमार श्रेष्ठ, संखुवासभा
प्रदेश नं. २
कृष्ण देव यादव, रौतहट
अजय दुवेदी, पर्सा
प्रदेश नं. ३
उज्जल बराल, सिन्धुली
मधु आचार्य, काभ्रे
लवश्री न्यौपाने, रामेछाप
बिकाश लामा, सिन्धुपाल्चोक
जगदीश नरसिंह केसी, नुवाकोट
दुर्लभ थापा, भक्तपुर
सबुज बानिया, काठमाडौँ
पेम्बा छिरिङ लामा, रसुवा
रमेश धमला, धादिंङ
जित नारायण श्रेष्ठ, चितवन
प्रदेश नं. ४
बैकुण्ठ न्यौपाने तनहुँ
कृष्ण केसी कास्की
खम्ब गर्बुजा म्याग्दी
यङ्गजीङ्ग बिष्ट मुस्ताङ
कुमार राणा स्याङजा
बिष्णुप्रसाद लामिछाने नवलपुर
भेषबहादुर पौडेल लम्जुङ
हरि बहादुर घले गोरखा
प्रदेश नं. ५
अर्जुन पोखरेल परासी
वीरबहादुर राणा पाल्पा
भुवन श्रेष्ठ गुल्मी
विष्णु प्रसाद खनाल अर्घाखाची
सुरेन्द्रप्रसाद आचार्य कपिलबस्तु
अम्मरप्रसाद भण्डारी प्युठान
अमरसिंह पुन रोल्पा
केशरमान रोका पूर्व रुकुम
किरण कोइराला बाँके
सञ्जय गौतम बर्दिया
प्रदेश नं. ६
खड्गबहादुर शाही मुगु
दिपबहादुर शाही जुम्ला
हर्षबहादुर बम कालिकोट
कृष्णकुमार बिसी दैलेख
कमलराज रेग्मी सुर्खेत
प्रेमप्रकाश ओली पश्चिम रुकुम
गणेशबहादुर चन्द सल्यान
दिपकजंग शाही जाजरकोट
जयपति रोकाया हुम्ला
अंगत बुढा डोल्पा
प्रदेश नं. ७
कर्णबहादुर मल्ल डडेल्धुरा
ललितसिंह बोहरा दार्चुला
नरेन्द्र सिंह थापा बैतडी
हर्कजंगबहादुर सिंह बझाङ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस