सोल-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाईलाई व्यक्तिगत रुपमा पत्राचार गरि दक्षिण कोरियाले हाल सामना गरिरहेको कोरोना भाइरसको संकटलाई समाधान गर्न जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
उत्तर कोरियाली नेता उनले पत्र मार्फत दक्षिण कोरियामा रहेका कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दक्षिण कोरियाको कोरोना विरुद्धको लडाइमा उत्तरले सक्दो सहयोग गर्ने पनि बताएका हुन् ।
उनले मुनको स्वास्थ्य स्थिति बारे पनि चासो लिएको समाचारमा जनाइएको छ ।
जवाफमा मुनले उनलाई पत्र तथा सहयोगको भावनाको मुक्तकण्ठले प्रशंशा समेत गरेका छन् ।
उत्तर र दक्षिण विच विरलै मात्र पत्र आदान प्रदान हुने गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसका कारण ६ हजार बढी संक्रमित भए पश्चात उत्तरले यसरि पत्राचार मार्फत सान्त्वना दिनुलाई नयाँ तथा सकारात्मक तरिकाले हेरिएको छ।
उता उत्तर कोरियामा भने हालसम्म कोरोना संक्रमणका कुनै विरामी नपाइएको बताइएको छ । यद्यपी उत्तर कोरियाले आफ्नो देशमा कोरोना छिर्न नदिन शशक्त अभियान चलाइरहेको समाचारहरुमा बताइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुनले आफ्नो स्वतन्त्रता दिवस मनाउने सन्दर्भमा उत्तर कोरियासँग स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने चाहाना देखाए पनि प्योङयाङले त्यस विषयमा कुनै प्रतिकृया नदिएको समेत समाचारमा जनाइएको छ ।
यस अघि किमले मुनकि आमाको निधनमा अक्टोवर २०१९ मा समवेदना पत्र पठाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस