सोल-दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलवार सार्वजनिक गरेको सुचना अनुसार १२०० भन्दा बढी कोरियाली नागरिकहरु कोरोना संक्रमणको त्रास तथा शंकामा देश बाहिर आइसोलेशनमा राखिएका छन् ।
काम तथा व्यापारको शीलशीलामा देश बाहिर गएका ती कोरियालीहरु चीन, भियतनाम लगायतका देशहरुमा आइसोलेशनमा राखिएका छन् ।
मन्त्रालयका अनुसार हाल चीनमा सबै भन्दा बढी ९६० जना तथा भियतनाममा २७० जना आइसोलेशनमा राखिएका छन् ।
ठूलो संख्यामा आइसोलेशनमा राखिएका स्थानहरुमा सरकारी अधिकारीहरु पठाएर आफ्ना नागरिकको स्वास्थ्यस्थितिको जानकारि लिनु पर्ने सर्वसाधारण बताउछन् ।
साङ्घाई शहरका नगरपालिकाका एक अधिकारीले जनाए अनुसार कोरोना संक्रमित क्षेत्रबाट उक्त शहर भ्रमण गर्ने जो कोहीलाई पनि १४ दिन अस्पताल, होटल अथवा घरमै आइसोलेशनमा राखिने गरिएको छ ।
हाल आफ्नो देशमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि भारत, इटली लगायतका देशहरुले भिसा प्रकृयामा कडाई गर्न थालेका छन् भने कतिपय देशहरुले संक्रमण फैलिएका देशहरुका नागरिकहरुलाई आफ्नो देशमा प्रवेश निषेध तथा ति देशहरुमा नागरिकहरुलाई जान प्रतिवन्ध समेत लगाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस