एजेन्सी-संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ। क्वेलरका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो।
दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशहरुमा शान्ति सम्झौताहरु गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। क्वेलरकै कार्यकालमा इरान र इराकबीच झण्डै ८ वर्षको शसस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरुप दुबै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्व महासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताए। “क्वेलर परिपक्व राजनेता, निष्ठावान कूटनीतिज्ञ थिए। क्वेलरले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापी अनुभव गर्न सकिन्छ,” गुटेरेसले भनेका छन।
पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी भएको र क्वेलरको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएको छन।
क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरुका दूतावासहरुमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसंघीय महासभामा पेरुको प्रतिनिधिमण्डलमा समावेश थिए। राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रीसबीच शान्ति सम्झौता गराएको थियो। त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो।
सन् १९८१ मा क्वेलर संयुक्त राष्ट्रसंघको पाँचौं महासचिवमा नियुक्त भएको थिए। दक्षिण अमेरिकी क्षेत्रबाट क्वेलर नै पहिलो महासचिव बनेका थिए। यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो।
सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि क्वेलरको अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाब समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो। क्वेलर महासचिव रहेकै दिनहरुमा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएको थियो भने दक्षिण अफ्रिकाबाट नामिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो।
सन् २००० मा पेरुका राष्ट्रपति फुजिमोरीले राजीनामा दिएपछि पेरेज दी क्वेलरले केही समय पेरुको विदेश मन्त्री र प्रधानमन्त्रीको रुपमा काम गरेका थिए। क्वेलरकै नेतृत्वमा चुनाव सम्पन्न भएपछि पेरुको राष्ट्रपतिमा अलेजान्द्रो टोलेडो निर्वाचित भएका थिए। राष्ट्रपति टोलेडोले क्वेलरलाई फ्रान्सका लागि पेरुको राजदूतमा नियुक्त गरेका थिए।
क्वेलरको यही शुक्रबार दाहसंस्कार गरिने बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस