काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ । बढी मूल्य लिएर मास्क बेचेको आरोपमा विभागले सर्जिकल सप्लायर्सहरुलाई कारबाही गरेको हो ।
विभागले नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नले खरिद बिल देखाउन नसक्दा १० हजार जरिवना गरिएको छ ।
यसैबीच, त्रिपुरेश्वरमा रहेका विभिन्न सर्जिकल सप्लार्यसहरुमा अनुगमन गरिएको विभागका अनुगमन शाखाका निर्देशक सागर मिश्रले बताए ।
अनुगमनका क्रममा खनाल सर्जिकल सप्लायर्स,अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएको छ ।
विभागले ती सप्लायर्सहरुलाई जनही ५ हजारको दरले जरिवाना गरेको छ। सर्जिकल आइटमका खरिद बिल नराखेको भन्दै कारबाही गरिएको विभागले जनाएको छ।
विभागले मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारबाही र जरिवाना दुवै हुने बताएको छ। अनुगमनका क्रममा मेडिकल सप्लार्यसहरुले खरिद गरेकोमास्कको बिल लुकाउने र बिक्री गरेको बिल मात्रै देखाएको पाइएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस