एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै “सौहाद्र्रपूर्ण” वार्ता भएको घोषणा गरेका छन्। अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरु रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले नै सबैभन्दा पहिलो समाचार सार्वजनिक गरेको थियो। यो फोनवार्ता करिब ३५ मिनेट भएको थियो।
तालिबानसँग कुरा भएको बारेमा वासिङ्टनमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति ट्रम्पले पुष्टी गरेका थिए। विगतमा पनि फोनमा कुराकानी भएको थियो कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले यस बारेमा केही बताउन नसक्ने जानकारी दिएका थिए।
“तालिबानका नेतासँग आज निकै राम्रो मैत्रीपूर्ण कुराकानी भएको थियो। मुल्लाहसँगको मेरा सम्बन्ध निकै राम्रो छ। हामीले आज लामै कुराकानी गरेका छौँ। उनीहरु (तालिबान समूह) हिंसा रोक्न चाहन्छन्।” ट्रम्पले भने।
यद्यपी, गत शनिबार दुवै पक्षबीच युद्धविराम गर्ने र अमेरिकी सेना फिर्ता गर्नेजस्ता विषय समेटिएको सम्झौता गरिए पनि अफगानिस्तानभित्र केही हिंसात्मक झडप भएका छन्। हिंसाका कारण आगामी मार्च १० मा शुरु हुने विद्रोही पक्ष र अमेरिका-समर्थित काबुल सरकारबीचको वार्तामा अन्यौल सिर्जना गरेको छ।
राष्ट्रपति ट्रम्पले तालिबानसँग भएको शान्ति सम्झौता विगत दुई दशकदेखि जारी हिंसा अन्त्य गर्ने उपायस्वरुप गरिएको बताए। कतिपयले राष्ट्रपतिको आगामी नोभेम्बरमा हुन लागेको चुनावका अघिल्तिर यस्तो सम्झौता गरिएको र त्यसबाट राष्ट्रपतिलाई चुनावमा फाइदा पुग्ने अनुमान गरेका छन्।
सम्झौताबमोजिम तालिबानले सुरक्षा प्रत्याभूति दिएको अवस्थामा १४ महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनेछ। साथै अफगान सरकारले जेलमा रहेका ५ हजार तालिबानी लडाकूलाई मुक्त गर्नेछ भने तालिबानको कब्जामा रहेका १ हजार सैनिक मुक्त हुनेछन्। तर अफगान राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा रहेका कैदीबन्दीको विषय अफगान सरकारको अधिकार क्षेत्रभित्रको भन्दै कैदी मुक्त गर्न कठिन हुने बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस