काठमाण्डौ-गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।
पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेका नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो। सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेति गर्न पाउने उल्लेख छ। तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधिय गुण भएकाले किसानहरुको संगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए। गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवाहरु विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवशरहरु सिर्जना हुने तामाङले बताए।
विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधिय गुण हुने भनिसकेको अवस्थामा नेपालपनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने तामांगले बताए। अमेरिका क्यानडा लगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेको छ। कानूनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने तामाङले बताए।
गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ। सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस