काठमाण्डौ-निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन।
टुटल र पठाओ लगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन। यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताए। “अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन।” प्रधानले बताए। यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ। यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो।
विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो। भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिएका थिए। गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस